पालिका स्तरीय प्रशिक्षण कार्यक्रम अन्तर्गत च्यादलु, उमाकुण्डमा एमाले केन्द्रीय सदस्य ढुङ्गेलद्वयले उपस्थिति जनाएका छन् ।
कैलाश र माधव ढुङ्गेलद्वयले एउटै मंचमा उपस्थिति जनाउनु कुनै नौलो कुरा होईन तर राजनीतिमा परम्परागत “शत्रु”रहेका दुबै एकै ठाउँमा उभिनुलाई अर्थपूर्णरुपमा हेरिएको छ।
आसन्न निर्वाचनमा प्रतिनिधि सभाको लागि दुबैले आ-आफ्नो दावी प्रस्तुत गरिरहेका बेला उनीहरूको उपस्तिथिले अर्थ राख्न सक्छ।
कैलाश ढुङ्गेल त्रीपल ह्याटि्रक पुर्याउने दाउमा छन् भने माधव ढुङ्गेल डेब्यु गर्ने मुडमा देखिन्छन् ।
नवौं पटक निर्वाचन प्रक्रियामा सामेल हुने महत्वाकांक्षी सोच राखेका कैलाश ढुङ्गेलसँग ७ पटक हारको अनुभव छ भने २ पटक जितको।
प्रायः हार्न नजानेका माधव ढुङ्गेलसँग भने बिद्यार्थी राजनीतिबाट उदाउँदै राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्ष चलाएको अनुभव छ।युवा क्रेजको लहरले माधव ढुङ्गेललाई थप फाईदा पुग्न सक्छ।
एमाले अध्यक्ष केपी ओली निकट मानिने ढुङ्गेलद्वयले एक अर्कालाई राजनीतिक हिंसा गरेको आरोप लाग्दै आएको बुझिन्छ। यद्यपि जनमतलाई आधार मान्ने हो भने एमालेबाट माधव ढुङ्गेललाई रुचाईएको पाईन्छ।
कैलाश ढुङ्गेलको लामो शासनबाट कुनै नौलो अनुभव नगरेका र रुष्ट बनेका एमाले कार्यकर्ता,युवा र बुद्धिजीवीले माधव ढुङ्गेललाई “न्यु टेस्ट” गर्न चाहेका छन् ।
जे होस नातेदारद्वयको उम्मेदवारीको दावी रामेछाप एमालेलाई भारी साबित हुने संभावना देखिन्छ ।
प्रतिक्रिया