भदौ ८ । प्रदेश सांसद शान्ती प्रसाद पौडेल , जिल्ला कमिटी अध्यक्ष आनन्द कुमार श्रेष्ठ , खड्ग सुनुवार , जिल्ला कमिटी सचिव पुरुषोत्तम कडरिया र सम्पर्क मन्चका अध्यक्ष प्रकाश कार्कीको रोहवरमा एकाम फेदिका पहिरो पीडितलाई एमाले रामेछापले आर्थिक सहयोग गरेको छ।
एमाले गोकुलगंगा रामेछाप काठमाडौ सम्पर्क मन्चले संकलन गरेको रकम आज हस्तान्तरण गरिएको एमाले रामेछापले जनाएको छ।
२०७९ भाद्र २ गते गोकुलगंगाको एकाम फेदिमा गएको पहिरोबाट धनजनको क्षति भएको थियो।पहिरो पीडितलाई सन्तोष रोका ज्ञानबहादुर रोकाले जनही ३०,००० ,रमेश रोकाले १०,००० धन लक्ष्मि गुँरागाईले १५,००० हरिबहादुर खत्री (सानो)ले १०,०००र काठेपुल मर्मत समितिबाट ६५२६ रुपैयाँ सहयोग गरेका जनाईएको छ।
एमाले गोकुलगंगा रामेछाप काठमाडौ सम्पर्क मन्चले संकलित गरेको १,०१,५२५ रुपैया पहिरो पीडितललाई एमाले रामेछापले आर्थिक सहयोग गरेको छ।
प्रतिक्रिया