१० भदौ। नेकपा “एस” कि सचिव रामकुमारी झाक्रीले काठमाडौ महानगरपालिकाको मेयर बालेनले चालेको कदमलाई समर्थन गर्दै फेस बुक स्टाटस लेखेकी छिन् ।
बालेन र आफू मन्त्री हुँदा केही योजना बनाएको र राजनीतिक कारणले स्थगित गर्नु परेको समेत झाक्रीले फेसबुकमा लेखेकी छिन् ।
काम गर्न खोज्दा खोज्दै पनि दलिय दवावले आफुले काम गर्न नसकेकोले बालेन जिलाई त्यो दवाव झेल्नु पर्दैन भन्दै झाक्री लेख्छिन
“मेरो समर्थन मेयर बालेन जीलाई!
१)यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।
२)मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ।
३)निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो।
४)स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो।
५)मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।
६)सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।
७)मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुदैन।
८)I am always with you, behind you. keep it up.
९)ईमान्दार प्रयासहरू सफल हुन्छन।
प्रतिक्रिया