१३ भदौ ।हिन्दु महिलाहरुको विशेष चाड तिजकाे पुर्व सन्ध्यामा डाेलेश्वर महादेव मन्दिरको उद्घाटन सम्पन्न भएको छ।
भदाै १३ गते साेमवारका दिन मन्थली नगरपालिका १२ गेलु रामेछापमा डाेलेश्वर महादेव मन्दिरको उद्घाटन भएको हो।
समाजसेवी शुसिल के.सि. काे प्रमुख आतिथ्य र युवा नेता एवं निर्माण व्यवसायी तथा मा.वि सिक्राल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुशहरि वुढाकाे उपस्थितिमा मन्दिर उद्घाटन भएको छ।
धुर्व बुढाथोकी ,कृष्णवहादुर वुढाथाेकि (राम्जि) , लिलावहादुर वुढाथाेकि(कल्याण),ईन्द्रसिंह वुढाथाेकि , मानवहादुर वुढाथाेकि लगायत अन्य वयवृद्द तथा गाउँलेको सक्रिय सहभागीतामा श्री डाेलेश्वर महादेव मन्दिर पंचेवाजा सहित भव्य तथा सभ्य भएर संयुक्त रुपमा समुद्घाटन कार्य सम्पन्न भएको छ।
प्रतिक्रिया