१४ भदौ । समृद्द रामेछापकाे लागि खेलकुद” अन्तर्गत रामेछाप जिल्लाव्यापि सृजनशिल युवा भलिबल प्रतियोगिता”को आयोजना हुने भएको छ।

रामेछाप काठमाडौँ सृजनशिल समाजकाे आयाेजनामा यूवाहरू वीच एकता सद्भाभाव बृद्दि गर्न,  सृजनशिलता र सामाजिकताकाे भावना अभिबृद्दि गर्न एवं  स्वस्थ र फुर्तिला यूवाहरूकाे निमार्णमा याेगदान गर्ने उदेश्यका साथ भलिबल प्रतियोगिता हुन लागेको हो।

महान चाड बडा दशैँ २०७९ काे उपलक्ष्यमा मन्थली नपा ११ गेलुमा रामेछापमा  जिल्ला व्यापी  सृजनशिल युवा भलिबल प्रतियोगिता” संचालन हुने भएको छ।

प्रतियोगितामा को को कसरी सहभागी हुन सकिन्छ

रामेछाप जिल्ला व्यापी वडागत रुपमा १ वडा १ टिम हुने गरि वडाकाे सिफारिसमा  रामेछापका ६४ वडा बाट नै सहभागि हुन सक्नेछन ।

खेलाडीहरुले आवतजावत, खानावस्न लगायतका सवै खर्चहरु आफै गर्नुपर्नेछ।

संस्थाले खेलाडी संग सम्बन्धित कुनै पनि खर्च तथा दायित्व व्यहाेर्ने छैन । यदि एक वडाबाट १ टिम भन्दा बढि सिफारिस हुन गएमा संस्थाले गाेला प्रथा गरि १  टिममा सिमित गर्नेछ ।

प्रत्येक टिमलाइ वडाले सहभागी नाम सहित सिफारिस गर्नुपर्नेछ । प्रत्येक खेलाडीले खेल शुरू हुनु अगावै परिचय खुल्ने कागजात आयाेजकलाइ उपलब्ध  गराउनुपर्नेछ । एक टिममा ८ जनासम्म खेलाडीकाे नाम सिफारिस गर्न सकिनेछ ।
पछि नाम परिवर्तन गर्न पाइनेछैन ।  आयाेजक टिम र १ विभागिय टिम छुटै हुनेछ ।

पुरस्कार  तथा प्रमाण पत्र

पहिलो पुरस्कार नगद  रु २०,००० सहित मेडल र प्रमाण पत्र

दोश्रो पुरस्कार नगद रु १५,०००  सहित मेडल र प्रमाण पत्र

तेस्रो पुरस्कार नगद रु १०,००० सहित मेडल र प्रमाण पत्र

साथै एक जना बेस्ट स्पाइकर,सटर,सेन्टर ,सर्भर,लिभ्रो,कोच

मेडल र प्रमाण पत्र  सहित अवार्ड प्रदान  गरिने आयोजकले जनाएको छ।

प्रतियाेगिता मिति

प्रतियाेगिता मिति २०७९ अशाेज १४, १५ र १६ गते संचालन हुनेछ । प्रतियाेगिता शारदा उच्च मावी विध्यालय गेलुकाे खेल मैदानमा विहान ११ बजेबाट संचालन हुनेछ ।

टिम दर्ता नियम

प्रत्येक टिमले अशाेज ०१ गते भित्र  वडा बाट सिफारिस लिएर यस संस्थामा रू.  १००० शुल्क सहित दर्ता गर्नुपर्नेछ ।

खेलाडीहरुले वडाकाे शिफारिशकाे पत्र र यस संस्थाको खातामा जम्मा भएकाे रकम स्लिप आयोजकलाई उपलब्ध गरेपश्चात दर्ता भएकाे मानीनेछ ।