१४ भदौ।फेक भिडियो ” प्रचार गरेर लाखौं युवाहरुका एमाले नेता महेश बस्नेतलाई कुटियो भनि भ्रम फैलाउनेहरुलाई कानुनी कार्वाही गर्न राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा कला साहित्य र सँस्कृती बिभाग उप प्रमुख शंकर लाखेले माग गरेका छन् ।
बालेन शाहलाई तह लगाउन युवा संघलाई निर्देशन दिएको भन्दै महेश बस्नेतलाई वाईसीएल भक्तपुरले लखटेको भिडियो सामाजिक संजालमा भाईरल भएको छ। गत स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादी कार्यकर्ताबीच आपसी झडप भएको थियो । माओवादीबाट मेयरको टिकट कृष्णप्रसाद सापकोटालाई दिइएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीकै निवर्तमान मेयर अमानसिंह तामाङ पक्षका कार्यकर्ताले लखेटेका थिए । सोही भिडियोलाई अहिले दुरुपयोग गरिएको हो ।
फेक भिडियोको बारेमा लाखे भन्छन् ” “वाईसीएललाई युवा संघले कुटेको भिडियोलाई अहिले नियोजित तवरले गलत प्रचार गरिएको छ।
एक सम्मानित व्यक्तिलाई आँच पुर्याउने हेतुले भिडियो प्रचार गर्ने माथी कानुनी कार्वाही गर्न हामी माग गर्दछौं ।”त्यस्तै महेश बस्नेतका स्वकीय सचिव दिनेश खड्काले फेक भिडियोको भ्रममा नपर्न भन्दै सचेत गराएका छ्न । स्वकीय सचिव दिनेश खड्काले निकालेको वक्तव्य माओवादी केन्द्रका अराजक तत्वहरु S.p Regmi, लगायतले सामाजिक सञ्जालको दुरुपयोग गरी “नेकपा एमालेका नेता महेश बस्नेतलाई नेकपा माओवादी केन्द्रको भातृसंगठन YCL का युवाहरु द्वारा भौतिक आक्रमण गरेको भनि ” झुटा प्रचार गरिएकोमा हाम्रो गंभिर आपत्ती रहेको छ ।
अन्य कोही व्यक्तिको बुझ्न समेत नसकिने भिडियोलाई माननीय ज्यूलाई कुटपिट गरिएको भनि सामाजिक सञ्जालमा झुटा प्रचार गरेको पाइएकोले आम हाम्रो सुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दछु।
सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक तत्वलाई कानुनी कारवाही गर्नेछौं। तत्काल साइवर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रकृया अगाडी बढाउने समेत सम्पूर्णलाई जानकारी गराउँदछु।
स्वकीय सचिव :-दिनेश थापा अपडेट :४:२०
प्रतिक्रिया