भक्तपुर, १४ भदौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफुविरुद्ध भ्राम प्रचार गरेको भन्दै आपत्ती जनाउनुभएको छ ।
महेश बस्नेतलाई माओवादी केन्द्र निकट वाइसिएलका कार्यकर्ताले कुटपिट गरेको भन्दै सामाजिक सञ्जालमा अर्काको भिडियोलाई इडिट गरी प्रचार गरेको भन्दै नेता बस्नेतको सचिवालयले आपत्ती जनाएको हो । सोही प्रचारलाई सांसद बस्नेतले वास्तविकताभन्दा धेरै टाढा रहेको कुरालाई कल्पना गरी माओवादी कार्यकर्ताहरुले प्रचार गरेको बताउनुभयो । माओवादी कार्यकर्ताले सपनामा समेत सम्झनै नसक्ने कुरालाई प्रचार गरी दिवा सपना देखेको भन्दै कडा शब्दमा आपत्ती जनाउनुभयो । प्रचारमा रमाउने माओवादीले प्रचार गरिए जस्तो कुनै पनि सपना नदेख्न समेत चेतावनी दिनुभयो । उहाँले झुटा प्रचार गर्नेलाई कानुनी कारवाही गर्ने समेत चेतावनी दिनुभयो ।
नेता बस्नेतको सामाजिक सञ्जालमा भनिएको छ, ‘गएको स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओबादिका तर्फबाट मेयरको टिकट कृष्ण प्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओबादी कै निवर्तमान मेयर अमान सिंह तामाङ्ग पक्षका कार्यकर्ता विच भएको विवादको भिडियोलाई माओवादी केन्द्रका अराजक तत्वहरु केशव थुलुङ्ग, S.p Regmi लगायतले सामाजिक सञ्जालको दुरुपयोग गरी “नेकपा एमालेका नेता महेश बस्नेतलाई नेकपा माओवादी केन्द्रको भातृसंगठन YCL का युवाहरु द्वारा भौतिक आक्रमण गरेको भनि ” झुटा प्रचार गरिएकोमा हाम्रो गंभिर आपत्ती रहेको छ ।आम हाम्रो सुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै,सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरुलाई कानुनी कारवाही गर्नेछौं। तत्काल साइवर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रकृया अगाडी बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु।स्वकीय सचिव :-दिनेश थापा ।’
यूथ फ़ोर्सद्वारा प्रतिकारमा उत्रने चेतावनी
केन्द्रीय यूथ फ़ोर्स बिभाग प्रमुख पुष्पराज श्रेष्ठ प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी दिनुभएको छ । उहाले भन्नुभएको छ, ‘नेकपा एमाले को पोलिट्ब्यूरो सदस्य, रास्ट्रिय युबा संघ नेपाल को इंचार्ज कमरेड महेश बस्नेत माथी ycl द्वारा कुटपिट गरिएको भन्ने न्यूज़ गलत भएको जानकारी गराउछु । सामाजिक संजाल एउटा जनता माझ सही सुचना संप्रेसण गर्ने माध्यम हो । यसरी अराजक तत्वहरुले कतै बाट संचालित भई गलत तरिकाले प्रयोग गर्दा वाक् स्वतन्त्रता सहित हामीले ल्याएको ब्यबस्था माथी प्रश्न चिन्न उठेको छ । यस खालको साइबर अपराध प्रति केन्द्रीय यूथ फ़ोर्स बिभाग को गम्भीर ध्यान आकर्षण भएको छ, यसरी हाम्रो नेता को चरित्र हत्या गर्ने मनसाय नरोकिए र सरकार मौन बसे यूथ फ़ोर्स नेपाल आफै प्रतिकारमा उत्रन बाध्य हुने छौ ।
माओवादीका कार्यकर्ताको प्रचार
सांसद बस्नेत नभई अन्य कसैको स्पष्ट नै नभएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी भनिएको छ, ‘भक्तपुर नेकपा एमालेका नेता महेश बस्नेतलाई नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएलका युवाहरुद्वारा कुटपिट गरि लखेटिएका छन् । महेश बस्नेतले युवा संघका युवाहरुलाई बालेन माथि भौतिक आक्रमण गर्ने निर्देशन दिएको भन्दै वाईसिएलले आज भर्खरै बस्नेतलाई रामधुलाई गरेको जनाएको छ । बस्नेत अतिबेला अस्पतालमा अस्पताल भर्ना भएका छन् ।’
भिडियोको वास्तबिकता
उक्त भिडियो स्थानीय चुनाव अघि मनोनयन गर्दा गर्ने दिनको हो । चौतारा, सिन्धुपाल्चोकमा कृष्ण प्रसाद सापकोटालाई टिकट दिए पछि निवर्तमान मेयर पक्षले उनलाई मनोनयन गर्दा दिन जान रोकेका हुन् । उक्त भिडियोमा देखिएका माओवादी कार्यकर्ता आफैंबीच कुटाकुट भएको हो । आफैं लडेका माओवादी कार्यकर्ता ।
YCL भक्तपुर संयोजक नरेश रंजितद्ववारा आक्रमण भ्रममा नपर्न अपील
आज विभिन्न सामाजिक सन्जालमा YCL नेपालको नाम जोडेर महेश बस्नेत माथि आक्रमण भयो भनेर आई रहेको हामिले पनि सामाजिक संजालबाट थाहा पायौ,जुन कुरालाई जोडेर सामाजिक संजालमा आएको भिडियो हामीसंग कुनै सम्बन्धित छैन र भक्तपुर मा कुनै मुडभेड झडप भएको छैन,अहिलेको सामाजिक संजालमा आईरहेको भिडियो फेक र झुट हो, र सबैलाई यसै सुचना मार्फत भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछौ! साभार: everestmission.com
प्रतिक्रिया