एमालेलाई जसरी भएपनि चुनावी प्रक्रियाबाट खुम्चाएर सानो दल बनाउन गठबन्धन लागिपरेको छ ।
स्थानीय निर्वाचनमा देशभर गठबन्धन गर्ने भनिएता पनि पुर्ण गठबन्धन गठबन्धनदलले गर्न सकेनन् ।
विशेष गरि नेपाली काँग्रेस ,नेकपा एमाले र एकीकृत समाजवादीले गठबन्धनमा धोका दिएको आरोप एक अर्कालाई लगाउदै आएको छन् ।
जस कारण एमालेलाई फाईदा र आफ्नो पार्टीलाई घाटा पुगेको गुनासो नेताहरूले गर्दै आएका छन् ।
आरोप प्रत्यारोपको विच गठबन्धन टुट्ने हल्लाले समेत बजार तातीएको थियो।
विभिन्न उतारचढावबाट पाठ सिक्दै गठबन्धनका नेताहरूले आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा धोका नदिने भन्दै गठबन्धन गरेर चुनावमा जाने घोषणा गरेका छन् ।
रामेछापमा नेपाली काँग्रेस बाहेकका दलले प्राय पालिकामा गठबन्धन गरेको देखिन्छ।
स्थानीय निर्वाचनमा दलहरूले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने अंक गणितीय हिसाबले नेकपा एमाले रामेछापमा पछाडि देखिन्छ ।
स्थानीय निर्वाचनमा नेकपा एमाले र गठबन्धन दले प्राप्त गरेको मत यस प्रकार देखिन्छ
उमाकुण्ड गाउँपालिका
सुर्य ३७२८ मतान्तर १५५६
रुख २१७२
उमाकुण्डमा गठबन्धन भन्दा एमाले १५५६ मतले अगाडि देखिन्छ ।
खाँडादेवी गाउँपालिका
सुर्य ७३५९ मतान्तर १३५७
रुख ४९०९
कलम १०९३
खाँडादेवी गाउँपालिकामा गठबन्धन भन्दा एमाले १३५७ मतले अगाडि देखिन्छ ।
गोकुलगङ्गा गाउँपालिका मतान्तर १७४६
रुख ६०९३
कलम २६३
सुर्य ४७१०
गोकुलगङ्गा गाउँपालिकामा गठबन्धन एमाले भन्दा १७४६ मतले अगाडि देखिन्छ ।
दोरम्बा गाउँपालिका मतान्तर २५९
हँसिया हतौडा (गोलाकार भित्रको) ६३७०
कलम ३९
सुर्य ६१५०
दोरम्बा गाउँपालिकामा गठबन्धन एमाले भन्दा २५९ मतले अगाडि देखिन्छ ।
मन्थली नगरपालिका मतान्तर ३९११
सुर्य ९७१८
रुख ९१२२
हँसिया हतौडा ४५०७
मन्थली नगरपालिकामा गठबन्धन एमाले भन्दा ३९११ मतले अगाडि देखिन्छ ।
रामेछाप नगरपालिका मतान्तर ३२४७
रुख ६६३५
हँसिया हतौडा २५९८
सुर्य ५९८६
रामेछाप नगरपालिकामा गठबन्धन एमाले भन्दा ३२४७ मतले अगाडि देखिन्छ ।
लिखु तामाकोसी गाउँपालिका मतान्तर २५२८
रुख ५११२
कलम १४२४
सुर्य ४००८
लिखु तामाकोसी गाउँपालिकामा गठबन्धन एमाले भन्दा २५२८ मतले अगाडि देखिन्छ ।
सुनापती गाउँपालिका मतान्तर ८२१८
हँसिया हतौडा ५३९८
रुख ४८५१
सुर्य २०३१
सुनापती गाउँपालिकामा गठबन्धन एमाले भन्दा ८२१८ मतले अगाडि देखिन्छ ।
एमालेले प्राप्त गरेको जम्मा मत ४३६९०
गठबन्धनले प्राप्त गरेको जम्मा मत ६०६८६
खुद मतान्तर १६९९६
स्थानीय निर्वाचनलाई आधार बनाउदा प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले गठबन्धन भन्दा १६९९६ मतले रामेछापमा पछाडि देखिन्छ ।# गत स्थानीय निर्वाचनमा पालिका प्रमुख र अध्यक्षले प्राप्त गरेका मतलाइ आधार मानिएको । अपडेट :१९:५८
प्रतिक्रिया