१५ भदौ काठमाडौं । नेपाली फुटबल टिमका अब्बल पूर्वकप्तान किरण चेम्जोङले आज विवाह गरेका छन्।
पूर्वकप्तान चेम्जोङले प्रेमिका कञ्चन निरौलासँग आज लगनगाँठो कसेका हुन्। उनीहरुले सीमित आफन्तलाई मात्र विवाहमा बोलाएका छन् ।
चेम्जोङका प्रेमिका एती एअरलाइन्समा एअर होस्टेज हुन् । गत साउन १७ मा चेम्जोङ सहभागी माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले टिमकै अगाडि प्रेमिकासँग ‘ईंगेजमेन्ट’ गरेका थिए ।
विगत डेढ वर्षदेखि किरण र कञ्चन प्रेममा छन् । यसअघि नेपालले थ्री नेसन्स कप जितेपश्चात किरणले उपाधि उचाल्दा कञ्चन पनि फ्रेममा देखिएकी थिइन् । उनीहरूको भिडिओ टिकटकमा आएको थियो । यद्यपि, आधिकारिकरूपमा उनीहरूले आफ्नो प्रेम सम्बन्ध उजागर गरेका थिएनन् ।
प्रतिक्रिया