१६ भदौ मन्थली। पार्टी विस्तारको क्रममा रामेछाप आईपुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले आफ्नो पार्टीका नेताले चर्को र फुस्रे भाषण नगर्ने बताएका छन् ।
स्थापित पार्टीका नेताले सधै जनतालाई चर्को र फुस्रे भाषण गरेर झुक्याउने गरेको स्मरण गर्दै लामिछानेले आउदो निर्वाचनमा घण्टी बजाएर (मत दिएर) तिनीहरूलाई विस्थापित गर्नुको विकल्प नरहेको बताएका छन् ।
“हामी जे बोल्छौ त्यो गर्छौं ,जे गर्नुपर्ने छ त्यही मात्र बोल्छौ। चर्को र बकम्फुसे फुस्रा गफ दिदै हिड्दैनौ” लामिछानेले मन्थलीमा गरिएको एक कार्यक्रममा बताएका छन् ।
आसन्न निर्वाचनको लागि देश दौडाहामा निस्किएका लामिछाने आज मन्थली आईपुगेका हुन् ।
प्रतिक्रिया