आफुले बाध्य भएर एमाले पार्टी छोड्नु परेको एमालेका तत्कालीन अध्यक्ष रतन थापाले बताएका छन्। थापा  नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

बिहीबार काठमाडौँमा उन्मुक्ति पार्टीमा प्रवेश गरेका सुदूरपश्चिम प्रदेश सभाका सांसद रहेका थापाले आफूले पार्टी छोड्नुपर्ला भन्ने कल्पना समेत नगरेको बताएका छन् ।

मैले ३० वर्ष सेवा गरेको नेकपा एमाले छोडेको छु। म छोड्न बाध्य भएँ,’ थापाले भने,  ‘मैले सिंगो जीवन कार्यकर्ताको हैसियतमा एमालेलाई दिएँ । मैले कल्पना पनि गरेको थिइनँ कि छोडेर अन्त जाउला भनेर। तर आज छोडेको छु।’

एमाले बास्तविक श्रमजीवीको पार्टी नभइ धार्मिक गुरुको अनुयायीजस्तो भएको थापाको दावी छ।

‘एमालेमा अर्बपति आयो भने टिकट हातमा केन्द्रीय सदस्य साथमा हुन्छ। करोडका गाडीमा नेतालाई बोक्यो भने एमालेको नेता बन्छ,’उनले भने।