१७ भदौ । ६ बर्षकी बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका वडा नं. ११ क्वाछे बस्ने बर्ष ४० को दिपक तुल्सीब्याखोलाई प्रहरीले पक्राउ गरेको छ।
पोखरामा बसोबास एंव ब्यवसाय गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा दिपकलाई भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको हो।
भक्तपुरको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा दिपकलाई पक्राउ गरिएको जनाएको छ।
८ बर्ष कैद र निजको आधा भाग अंश सर्वस्व गरी पीडित बालिकालाई भराई दिने मिति २०६३/१०/०८ को सर्बोच्च अदालतको फैसला थियो। निज प्रतिबादी फरार रहदै आएका थिए ।
प्रतिक्रिया