१८ भदौ। २०५८ देखि२०६३ सम्म पशुपति क्याम्पस चावहिलमा नेपाल विद्यार्थी संघमा राजनीति गरेका चन्द्रकुमार वाईवासँग तामाङ घेदुङ संघ पशुपति क्याम्पसको सचीव भएर काम गरेको अनुभव छ।

२०६९ सालबाट रामेछाप काँग्रेसको राजनीतिमा होमिएका वाईवाले कोरोनले ग्रसित भएको बेला करिब २ लाख बराबरको स्वास्थय सामाग्री फुलासी लगाएत रामेछापका विभिन्न अस्पताललाईमा वितरण गरेर एक समाज सेवीको कार्य गरेको अनुभव छ।

उक्त समयमा समाजसेवी एवं निर्माण व्यवसायी वाईवाले मन्थलीमा कार्यरत मिडिया कर्मिहरुलाई समेत आर्थिक सहयोग गरेका थिए।

२२ वटा बसमा करिब १००० जनालाई काठमाडौबाट रामेछापमा पुर्याउने सर्हानिय काम समेत वाईवाले गरेका थिए।

रामेछाप काँग्रेसबाट उम्मेदवार सिफारिस भएका उपत्यका निर्माण व्यवसायी संघ तथा निर्माण व्यवसायी महासंघ वाग्मतीका सदस्य  चन्द्रकुमार वाईवासँग तीनलाल खबरले गरेको कुराकानीको सम्पादित अंश

रामेछाप “ख” मा ३० जनाले दावी गरेका छ्न अन्तिम एकमा पर्छु जस्तो लाग्छ?

स्वभावतः पर्छु।मैले गरेको सामाजिक तथा राजनीतिक कामले मलाई पार्टीले उम्मेदवार बनाउछ।

उम्मेदवारीमा तपाईंको दावी किन?

मलाई समाजसेवा मन पर्छ ।सँस्थागत तवरले समाज सेवा गर्ने हेतुले मैले उम्मेदवारी रामेछाप “ख” बाट दिन लागेको छु ।सायद पार्टीले मलाई न्याय गर्छ।

पैसाले उम्मेदवार छनोटको प्रक्रियालाई असर गर्छ कि गर्दैन?

विगतलाई हेर्दा यो समस्या देखा पर्न सक्छ तर केन्द्रले धरातलीय अवस्था र जन भावना बुझेर टिकट वितरण गर्नु पर्छ। जस्ले गर्दा चुनावी नतिजा आफ्नो बनाउन सहज हुन्छ।

रामेछाप “ख”मा उम्मेदवारमा सिफारिस भएका मान्छे हरुको सङ्ख्या धेरैले भएन र ? यस्तोमा तपाई हराउन सक्नुहुनेछ नि?

हामीले जिल्लाबाट तीन जनाको नाम मात्र सिफारिस गर्न अनुरोध गरेका थियौँ । तर अहिले नेपाल टेलिकमको सिम प्राप्त गर्नको लागि  जसरी सिफारिस भएको छ। यस्ले गर्दा केन्द्रमा पनि उम्मेदवार छनौट गर्न असहज हुन सक्छ।यस्तो अबस्थामा बोल्नेको पिठो विक्न सक्छ।

गठबन्धनले गर्दा तल्लो तप्काका कार्यकर्तालाई रुखमा भोट हाल्ने अबसर प्राप्त नहुन सक्छ।यस्ले कार्यकर्तामा मनोबैज्ञानिक असर गर्दैन ?

पार्टीगत तवरले निर्णय भएर आएपछि भोट हाल्दिन भन्न पाईदैन। यो राष्ट्रिय समस्या जस्तै हो। राष्ट्र बचाउन भए पनि गठबन्धनले उठाएको उम्मेदवारलाई मत दिनुको विकल्प छैन ।
गठबन्धनका दलभित्र रहेका कार्यकर्ताले मत हाल्दिन भन्न पाउनु हुन्न।

संविधान ,राष्ट्रियता र मुलुकको सर्वोपरि हितको लागि गठबन्धनलाई जिताउनुको विकल्प छैन।