१८ भदौ । आसन्न प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस रामेछापले सिफारिस गरेको उमेदवार  नेपाली काँग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि महेश कार्कीले बागमती प्रदेश रामेछाप “ख” सांसद को लागि योग्य उमेदवार भएको बताएका छन् ।

राजनीति र सामाजिक कार्यमा सक्रिय रहेका कार्की लामो समयदेखि शैक्षिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।

कार्कीको राजनीतिक यात्रा

२०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता २०४८ सालमा पार्टीको सक्रिय सदस्यता प्राप्त  २०५१ सालमा नेपाल तरुण दल रामेछापको सदस्य

२०५४ सालमा नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि
२०५६ सालदेखि निर्वाचन परिचालन समिति

#विभिन्न निर्वाचनमा पार्टी र  पार्टीका उम्मेदवार लाई जिताउन सक्रिय भूमिका निर्वाह गरेको  ।

जिल्लाका ६४ वटै वडामा संगठन र सामाजिक कार्यमा सक्रिय रहनु भएका कार्कीको आफूलाई पार्टीले उम्मेदवार बनाएको खण्डमा प्रभावकारी ढंगबाट निर्वाचन परिचालन गरि रामेछाप “ख” मा बहुमतका साथ निर्वाचित हुने दाबी छ ।