१९ भदौ ।रामेछाप एमालेमा प्रदेश सभा निर्वाचनको लागि रामेछाप “क” बाट पुरुषोत्तम कडरिया, के. वी पौडेल र उद्ववप्रसाद कडरिया प्रत्यासी उम्मेदवारको  रुपमा देखा परेका छन् ।

त्यस्तै प्रदेश “ख” बाट प्रेमबहादुर तामाङ ,आनन्द श्रेष्ठ ,भुवन घिमिरे ,मिलन घिसिङले उम्मेदवारीमा दावी प्रस्तुत गर्ने बुझिएको छ।

नेकपा एमाले रामेछापको बैठक आज बस्ने र जिल्लाका सबै उम्मेदवारको टुङ्गो एमाले रामेछापले लगाउने बुझिएको छ।

पुरुषोत्तम कडरिया एमाले जिल्ला सचीव हुने भने केवी पौडेल लिखुतामाकोसी गाउँपालिका उपाध्यक्ष हुन् ।त्यस्तै उद्वव कडरिया वागमती प्रदेश कमिटी सदस्य हुन् ।

आ आफ्नो योगदानमा प्रवल रहेका सबै जना प्रत्यासी उम्मेदवार मध्ये टिकट कस्ले गोजीमा हाल्छ भन्ने जिज्ञासाको अन्त्य सम्भवत आज बस्ने जिल्ला कमिटीको बैठकले निर्णय गरेपछी टुंगो लाग्ने बुझिएको छ