२० भदौ।गत निर्वाचनमा जनताले दुई तिहाई नजीकको आरामदायी सरकार बनाउन मौका एमाले गठबन्धनलाई दिए।
आपसी कलह र कुर्सी खोसाखोसको खेल एमालेले खेल्दा देश समस्याको खाडलमा परेको छ।
त्यसकारण संविधान ,प्रजातन्त्र र राष्ट्रिय हितको लागि गठबन्धनलाई यो निर्वाचनमा मतदान गरि विजय गराउनुको विकल्प छैन।
आसन्न निर्वाचनमा म लगायत मेरा अग्रज ,साथीभाई र समकक्षी साथिहरु रामेछापबाट उम्मेदवारका लागि सिफारिस हुनुभएको छ।
हामी सबै उम्मेदवार हुन योग्य छौँ ।अग्रज नेताहरूले संघमा दावेदारी गरेर प्रदेशमा युवाहरुलाई प्रोत्साहन स्वरुप उम्मेदवार हुने मौका दिनुपर्छ। यो अहिलेको माग पनि हो।मलाईनै उम्मेदवार बनाउनु पर्छ भन्ने छैन तर म पनि अनरवत पार्टी र नागरिकको सेवामा कार्यरत र क्रियाशील रहेको कारणले युवाहरूलाई उम्मेदवार हुने मौका दिईरहदा मेरो पनि दावी पक्कै रहन्छ।
माटोले खोजेको ,नागरिकले रोजेको युवायुवतीलाई उम्मेदवार बनाएको खण्डमा गठबन्धन भए पनि नभए पनि जितको सुनिश्चितता छ।
राष्ट्रियरुपमा युवाहरुलाई रुचाईएको बेलामा म र सिफारिस हुनुभएका युवा व्यक्तिलाई उम्मेदवार बनाएमा सहज तरिकाले चुनावको नतिजा हाम्रो साईडमा ल्याउन सकिन्छ।
श्रेष्ठको राजनीतिक यात्रा
२०४७ नेपाल विद्यार्थी संघ सदस्यता प्राप्त
(श्री प्रयागेश्वर मावी पकरवास)
२०४८ नेपाल विद्यार्थी संघ ईकाई अध्यक्ष
(श्री प्राज्ञश्वर मावी पकरवास)
२०४९ क्षेत्रीय प्रतिनिधि ,नेविसंघ जिल्ला कार्य समिति ,रामेछाप
२०५० इकाई सदस्य नेविसंघ नेपाल ल क्याम्पस
२०५१ क्षेत्रीय सदस्य नेविसंघ,रामेछाप
२०६० सल्लाहकार सदस्य नेपाली काँगेस जिल्ला समिति ,रामेछाप
नेपाली काँगेस ११औं अधिवेशनबाट जिल्ला कार्य समिति सदस्य
नेपाली काँगेस १२औं अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्य निर्वाचित
नेपाली काँगेस १३औं अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि
नेपाली काँगेस १४औं अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि
२०७६ देखि रामेछाप काठमाडौ सम्पर्क समितिको सभापति
समाज सेवामा श्रेष्ठ
२०५२ सालदेखि समाजसेवा सक्रिय
सचीव ,नेवार सम्पर्क समूह भिरपानी,पकरवास
महासचिव ,फास्ट फुड एसोसिएसन
पुर्व सभापति ,लाईन्स क्लब रामेछाप
अध्यक्ष , श्री प्राज्ञश्वर मावी पकरवास ,रामेछाप
महासचिव ,सामुदायिक विध्यालय अभिभावक महासंघ रामेछाप
सदस्य ,सामुदायिक विध्यालय अभिभावक महासंघ रामेछाप
सामाजिक कार्य
लाईन्स क्लब मार्फत आाँखा शिविर संचालन (दिमिपोखरी)
भुकम्प पीडितलाई खाद्यान्न वितरण
रामेछापका १३ वटा स्कुलमा जस्तापाता वितरण
नेपाली काँगेस रामेछाप काठमाडौ सम्पर्क समिति मार्फत रामेछापका ६४ वडाका प्राथमिक स्वास्थय केन्द्रमा ppe सेट ,सिटामोल,सेनिटाईजर ,माक्र्स ,ह्यान्ड ग्लोब,अक्सोमिटर,नर्मल वेड,अक्सिजन सिलिन्डर र कन्सल्टेटर वितरण
काठमाडौमा बसोबास गर्ने विद्यार्थी ,
आर्थिक अबस्था कमजोर भएका,अस्पतालमा रहेका बिरामीलाई आर्थिक र भौतिक सहयोग
प्रतिक्रिया