२० भदौ । मंसिरमा हुन गईरहेको प्रतिनिधि सभा  निर्वाचनको उम्मेदवारमा पार्टीले एकल नाम रत्न गौतमलाई सिफारिस गर्नेमा कुनै शंका नरहेको भन्दै रत्न गौतम सचिवालयले उल्लेख गरेको छ।

सम्पुर्ण रामेछाप वासी ,युवा , समाजसेवी ,विद्यार्थी र मजदुरको साथ  रत्न गौतमलाई रहेकोले सुझबुझका साथ पार्टीले उम्मेदवारको निर्णय लिने रत्न गौतम सचिवालयले जनाएको छ।

नेकपा एमाले बाग्मति प्रदेश सदस्य रत्न गौतम सरल तथा साधारण जीवनशैलीका रहेको गौतमलाई जिल्लाको राजनीतिक किङमेकर भन्दै  सचिवालयले सामाजिक संजालमा उल्लेख गरेको छ।

रामेछापको मुहार फेर्ने जन नेता ,जन प्रेमी ब्यक्तित्व रत्न गौतम भएकोले चुनावमा एकल नाम रत्न गौतम सिफारिस हुनुपर्नेमा गौतमको सचिवालयले जोड दिएको छ।                                  एक मात्र प्रतिनिधि सभा सदस्य रहेको रामेछापमा एमालेबाट कैलाश ढुङ्गेल र माधव ढुङ्गेलको चर्चा समेत चलिरहेको छ।