२१ भदौ । प्रवासी नेपाली मञ्च मकाउको दोस्रो ऐतिहासिक अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ।
सन् ०४-०९-२०२२ मा ऐतिहासिक अधिवेशन
सम्पन्न भएको हो।
मकाउ सरकारले कोरोना महामारी बिरुद्ध लिएको नितिका कारणले मकाउ बाहिरबाट कुनैपनी अथितिहरुलाई उपस्थित गराउन नसकिएको कारणले अधिवेशन सेमी भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो।
अधिवेशनको उद्घाटन र बन्द सत्र दुबैको अध्यक्षता शिव थापाले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अथिति नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराई , बिशेष अथिति नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश सभा सदस्य हिक्मत कुमार कार्की र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष कमरेड भक्त गुरुङले भर्चुअल आथित्यताका साथै सम्बोधन गर्नुभएको थियो।
उद्घाटन सत्रमा गैर आवसिय नेपाली संघ मकाउका अध्यक्ष राजेश प्रसाई, नेपाली जनसम्पर्क समिती मकाउका सभापति चण्डी कुमार योङ्हाङ, जनप्रगतिशील नेपाली मञ्च मकाउका अध्यक्ष सोनु पन्त, गैरआबसिय नेपाली संघ एसिया प्यासेफिक महिला संयोजक शान्ति देवी अधिकारी, हेल्पिङ ह्याण्ड मकाउका दिपक थापा, प्रवासी नेपाली मन्च मकाउका सल्लाहाकार तथा संगित सर्जक धुर्व प्रसाद अमगाईले शुभकामना मन्तव्य दिनुभएको थियो।
कार्यक्रममा सँस्थापक महासचिव उत्तम गुरुङले समसामयिक बिषयमा आफ्नो धारणा राख्नु भएको थियो भने सम्पुर्ण अतिथिहरुलाई चिरञ्जिवी पौडेलले मञ्चको तर्फबाट स्वागत गर्नुभएको थियो।
अधिवेशनमा विभिन्न सामाजिक संघ सँस्थाका आमन्त्रित प्रतिनिधिहरुका साथै मकाउमा रहनुभएका मञ्चका सदस्यहरु, समर्थक र शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
बन्द सत्रमा आर्थिक बिभागको तर्फबाट रामचन्द्र अर्यालले आर्थिक र अध्यक्ष शिव थापाले सांगठनिक प्रतिवेदन प्रतुत गर्नुभएको थियो।
आर्थिक तथा सांगठनिक प्रतिबेदन सर्वसहमतले पारित गरेको थियो। दुबै कार्यक्रम शालिक राम बगाले मगरले संचालन गर्नुभएको थियो।
बन्द सत्र कार्यक्रमले राजेश प्रसाईको संयोजकत्वमा कृष्ण गुरुङ र शिव थापा सदस्य रहेको निर्वाचन मण्डल गठन गरि नयाँ कार्यसमिति गठन प्रक्रियालाई अगाडी बढाएको थियो।
उक्त निर्वाचन मण्डलले कमरेड उत्तम गुरुङको अध्यक्षतामा चिरञ्जिवी पौडेल उपाध्यक्ष, शालिकराम बगाले मगर सचिव, रामचन्द्र अर्याल र रोजन लामा सह-सचिव, हर्कजंग गुरुङ् आर्थिक बिभाग प्रमुख र रुद्रमान घले, खम्बराज के सी, हर्क बहादुर राई, शंकर गुरुङ, शिव थापा, अमृत गौतम, प्रशान्त कुँवर, प्रशान्त पोखेरेल, राजेन्द्र अधिकारी, उदयमान मानन्धर, वीर बहादुर बानियाँ, परिवर्तन पौडेल, कृष्ण तामाङ, मनिष बस्नेत र प्रथम गुरुङ रहेको २१ सदस्यिय प्रवासी नेपाली मञ्च मकाउको नयॉ कार्यसमिति सर्वसहमतिमा चयन गरेको छ।
निर्वाचित सम्पुर्ण कार्यसमिति सदस्यहरुलाई कार्यक्रमका प्रमुख अथिति नेकपा स्थायी कमिटी सदस्य तथा प्रवास कमिटी ईन्चार्ज राजन भट्टराईले सफत ग्रहण गराउनु भएको थियो।
प्रतिक्रिया