२२ भदौ । बलात्कार काण्डमा मुछिएका एमाले नेता कैलास ढुङ्गेल रामेछापबाट उम्मेदवारमा सिफारिस भएका छन् ।

“विनु यादव” जबर्जस्ती करणी काण्डमा मुछिएका एमाले केन्द्रिय सदस्य कैलास ढुङ्गेललाई एमाले रामेछापले प्रतिनिधि सभाको उम्मेदवारमा सिफारिस गरेको छ।

उनलाई रामेछापबाट एमालेले सिफारिस गरेको हो।

ढुङ्गेलले बल्तकारीलाई जोगाउन आफुलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने र ज्यान मार्ने धम्की बारम्बार दिएको पीडित विनु यादवले सार्वजनिक गरेकी छिन् । यद्यपि ढुङ्गेलले आरोप अस्विकार गर्दै आएका छन् ।

गाडीले किचेर मर्यौ भने ५ लाख आउँछ ,बरु ७/८ लाख लिएर चुपचाप बस्नु भनेर ढुङ्गेलले दवाव दिएको यादवले यस अघिनै कान्तिपुरलाई बताएकि थिईन।