२३ भदौ ।जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टिमका राष्ट्रिय कप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान)को सम्पर्कमा आएका छन् ।
क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गरेका छन् ।
कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दिपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए। ‘हामीले कहिले फर्किने भनेर सोधेका थियौं। उसले म्याच भ्याएर फर्किहाल्छु भनेको छ,’ मल्लले भने।
सन्दीपले कानुनी उपचारका लागि क्यानबाट सहयोगको अपेक्षा गरेका मल्लले बताएका छन्
१७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी थिईन्।
प्रतिक्रिया