काठमाण्डाै – साफ महिला च्याम्पियनशिप दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई एक–शून्य गाेलले हराएको छ।

रश्मीकुमारी घिसिङले नेपालको लागि पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गर्दै अग्रता दिलाएकी थिइन् ।

घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गर्न सफल भएकी थिइन् ।

अन्ततः सोही गोलको मद्दतबाट नेपालले भारतमाथी जित निकाल्यो।

नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ। आजै भएकाे पहिलाे सेमिफाइनलमा भुटानलाई आठ–शून्य गाेलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेकाे हाे । साेमवार बेलुकी ५ बजे फाईनल खेल सुरु हुनेछ ।