“एक उखान छ ,रामेछापमा जन्म लिने प्राय: मानिस माक्र्सवाद र कम्युनिस्ट प्रति  समर्पित हुन्छन् । फलस्वरूप म पनि जन्मदै माक्र्सवादको अनुयायी भए।” रामेछाप एमाले जिल्ला कमिटी सदस्य एवं युर्थ फोर्स विभाग सचीव रविन्स लामाको भनाई

पन्चायतको समयमा कमलप्रसाद चौलागाईं प्रगतिशीलको तर्फबाट माछा चुनाव चिन्ह लिएर उम्मेदवार बन्नु भएको थियो। त्यसबेला म अग्रपंक्तिमा पन्चायत विरुद्ध एक सिपाहीको भुमिका सहित कृयाशिल थिए। तिनलाल खबर सँगको कुराकानीमा लामा बताउछन् ।
तीनलाल खबरसँगको कुराकानीमा लामा भन्छन् “०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकार बनेपछि म राष्ट्रिय खेलकुद परिषद रामेछापको सचीव हुने मौका पाए। जतिवेला एमाले नेताहरू कैलाश ढुङ्गेल सुकुम्बासी आयोगको सभापति  , शिवकुमार कार्की नगर विकास समितिको अध्यक्ष हुनुहुन्थ्यो ।

पहिलो शान्ति सम्झौतापछि नेकपा माओवादी लाई सबैले स्वीकार गरेको जस्तो देखियो।

त्यतीबेला भक्तपुर ४ नम्बर एरियाको वाईसीएल ईन्चार्ज भएर काम गरे।

दस बर्षको सशस्त्र युद्ध पछि माओवादी कार्यकर्ता काठमाडौ छिर्ने क्रम बढ्यो। उनीहरुको व्यवस्थापन गर्न कठिन भैइरहेको अबस्थामा मैले सकुशल तरिकाले उनीहरूलाई भक्तपुरमा व्यवस्थापन गरेको थिए ।

कम्युनिस्टहरुले आफ्नो कर्तव्य र काम भुलेर प्रतिक्रान्तीलाई साथ दिएको अनुभुत भएर म नेकपा समयमा निष्क्रिय बने।

नभन्दै नेकपालाई जनताले दिएको दुई तिहाई नजिकको जनमतको अनादर गर्दै नेकपाको सरकार गिराउने काम भयो।

प्रचण्ड,झलनाथ खनाल र माधवकुमार नेपालको कारण सरकार गिरेको मैले ठमम्याए।
त्यसकारण एमाले संकटमा पर्यो ।

अब म मौन बसेर हुँदैन। सुखी नेपाली समृद्ध नेपालको निर्माणार्थ नेकपा एमालेलेको साथ दिनुपर्छ भन्ने सोच आयो र म एमाले रामेछाप र राष्ट्रिय युवा संघ नेपालमा सक्रिय भएर जनताको सेवा गर्न थाले।

लामा भन्छन् “त्यतिबेला रामेछापका केही ठाउँमा कम्युनिस्टलाई प्रवेश निषेध गरिएको जस्तै थियो। ती ठाउँमा कम्युनिस्टका नेताहरूलाई  शिर ठाडो पारेर हिडडुल गर्न सक्ने गरि  निषेधित ठाउँमा  प्रवेश गराए। र उहाँहरुले आफ्नो कुरा राख्ने अवस्था निर्माण भयो।”

०४२ साल तिर गाउँमा कुनै बेला नेकपा एमालेमा हामी तीन जना मात्र थियौं । सुर्य दोङ, लालध्वज लामा (हाल राप्रपा ) र म। त्यतिबेला हामीलाई गाउँबाट लखटीयो। हामी भाग्न बाध्य भयौं । एमालेको बीउ छिर्न नदिएको अवस्था पार गराउदै एमालेलाई अहिलेको अबस्थामा पुर्याउन मेरो भुमिका रहेको छ।

आसन्न निर्वाचन सम्बन्धमा लामाको भनाइ छ “रामेछाप प्रदेश ख का आम युवा र नागरिकले अबको नेतृत्व सक्षम युवाले गर्नु पर्छ भन्ने  छ।त्यसकारण आसन्न निर्वाचनमा प्रदेश ख को उम्मेदवारीमा मेरो दावी स्पष्ट रहन्छ ।”

मेरो व्यक्तिगत आर्थिक अवस्था राम्रो रहेको कारण मैले सार्वजनिक पद धारण गरे पश्चात कुनै पनि प्रकारका भष्ट्रचार हुने छैन र गर्न दिन्न।
यो भन्न जरुरी त थिएन तर हरेक स्तरमा भष्ट्रचारबाट वाक्क भएका जनतालाई आस्वस्त पार्न पनि यी कुरा गर्नु उचित देखिन्छ। मेरो उम्मेदवारी विशुद्ध जनताको सेवाको लागि हुनेछ ।

आफू सगै उम्मेदवारको लागी सिफारिस भएका अन्य उम्मेदवारको बारेमा लामाको यस्तो भनाइ रहेको छ “असहज परिस्थितिमा सहयोग र गाउँमा समृद्धिको आसा जनताले दल र नेतासँग राखेका हुन्छन् । जनस्तरमा पुगेर जनताको सेवामा म सधैं रहने गर्छु।म सँगै उम्मेदवारमा सिफारिस हुनुभएका कम्रेडहरु भन्दा म यसकार्यमा अग्रस्थानमा आउछु जस्तो मलाई लाग्छ।”

युवा नेता लामा युवाहरू सग आफ्नो सम्बन्ध सुमधुर रहेको बताउदै भन्छन् ” रामेछाप प्रदेश ख का सबै गाउँपालिकाका युवाहरु सँग मेरो राम्रो सम्बन्ध रहेको छ। उहाँहरुले गर्ने सामाजिक र सृजनात्मक कार्यमा कुनै पार्टी दल नभनी सुझाव सहित आर्थिक भौतिक सहयोग सहित सबै सहयोग मैले गर्ने गरेको छु।                                बर्तमान राजनीतिमा हुने गलत चलखेल बारे लामोको भनाइ यस्तो रहेको छ”अहिले टिकट लेनदेनमा आर्थिकरुमा सक्षम ,नातावाद र कृपावाद हेरिने भएको जस्तो देखिन्छ । यस्ता काम नेपाली राजनीतिमा भएकै हो। त्यो बेला रामेछापमा मेरो  उपस्तिथि  थिएन । अब मेरो रामेछापमा उपस्तिथि रहन्छ।

दस औंला जोडेर रामेछापका नेताहरूलाई बिनम्र अनुरोध गर्छु कृपया पहिले के भयो बिर्सिनुस र नातावाद कृपावादमा न अल्झनुस।”

अहिलेको चुनावी प्रतिस्पर्धा कमर्सियल प्रतिस्पर्धा जस्तो भएको छ। जसले आर्थिक चलखेल गर्न सक्यो त्यसको राजनीति सुरक्षित रहने ट्रेन चलिरहेको छ यसको विरोधमा म छु। आसन्न निर्वाचनबाट यस्तो प्रवृत्ति तोडन चाहन्छु।

राज्यको निति निर्माण गर्ने ठाउँमा जाने व्यक्ति ,जनताको सेवक भएर कसम खाने व्यक्तिले यस्तो प्रतिस्पर्धा गर्नु उचित हुँदैन तर यस्ता कुरा मापदण्ड भित्र थोपरियो भने रविन्स लामा आर्थिक ,सामाजिक ,राजनीतिक , लगाएत हरेक सेक्टरको चुनौती सामना गर्ने क्षमता राख्दछ भन्ने अबगत गराउदै सुर्य ध्वजाबाहक चिन्ह लिएर एमालेको झण्डा प्रदेश ख मा स्थापित गराउन सक्छु ।

एमालेको संगठित सदस्य भन्दा पाँच हजार मत धेरै ल्याउने ठोकुवा गर्दछु । यदी पाँच हजार मत बढी ल्याउन सकिन भने रामेछाप एमालेको राजनीतिबाट सन्यास लिने घोषणा गर्दछु।

रामेछापमा गठबन्धन नभए आफ्नो कदको प्रतिस्पर्धी नहुने भन्दै लामा भन्छन् ” हामी कम्युनिस्टहरुको भगवानलाई विस्वास गर्ने चलन नभएता पनि म भगवानसँग प्राथना गर्दछु रामेछाप प्रदेश ख मा गठबन्धन होस् । किनकि प्रतिस्पर्धा भनेको आफ्नो कद मिल्ने सँग गर्नु पर्दछ।

रामेछाप ख मा कुनै पनि पार्टी एकल प्रतिस्पर्धा गर्न आउछन् भने रामेछाप एमाले जिल्ला कमिटी सदस्य रविन्स लामा यो घोषणा गर्दछ भक्तपुरमा बसेर चुनावमा विजयी हुन्छु ।

लक्ष्य विहिन गठबन्धनले पार्टीलाई असर पुर्याउला तर युवालाई केही फरक पर्दैन । गठबन्धन भयो भने मैले संगठित सदस्य भन्दा  पाँच हजार बढी  मत लयाएर जित्छु भएन भने पार्टी संगठित सदस्यको मतले विजयी हुन्छु । अमरध्वज लामाको सहयोगमा रविन्स लामाले  कोरोना समयमा अन्दाजी १२/१५ लाख बराबरीको व्यक्तिगत सहयोग गरेको सम्झदै भन्छन्” कोरोना र  बाढीपहिरो लगाएतका प्राकृतिक प्रकोप र युवाहरूको माग सम्बोधन गर्ने काममा मैले कैलेपनि  सम्झौता गर्ने काम गरिन।

जुन बेला विश्व महामारीको रुमा फैलिएको कोरोनाको कारण विस्वभरका मानिसहरुमा त्रासले भय सृजना भएको थियो। यस्तो मानवीय संकट पैदा भएको बेला  देश र जनतालाई मैले गर्न पर्ने दायित्व र कर्तव्यलाई देश र जनताको हितमा प्रयोग गर्ने अठोट लिएका लामा भन्छन् “डाक्टर सहित कोरोना प्रतिरोधात्मक सामाग्री लिएर हामी रामेछापको सुनापती पुग्यौं । सुनापतीमा हामीले अधिकांस नागरिकको चेक अप र उपचार गरेका थियौं ।

पहिलो लकडाउन भएको केहि समयमा सुनापती ४ को एउटा गाउँ कोरोनाले ग्रसित भयो। संक्रमितहरुलाई गरिने दुर्ववहारले संक्रमितहरु अझ गाँजिदै गएको अवस्था रहेछ। अमरध्वज लामा र मैले करिब तीन लाख हाराहारीको स्वास्थ्य सामाग्री लिएर त्यहाँ पुग्यौं।       

दोश्रो लकडाउनमा सुनापतीका प्राय बस्तीहरु कोरोना ग्रसित हुन पुगे। हरेक घरमा प्रायः सदस्य कोरिना ग्रसित हुन पुगे। पुरै वस्ती सुनसान थिए। पुन अमर र मैले करिव ८ लाख बराबरीको स्वास्थ्य सामाग्री सहित दैनिक पचास हजार दिने गरि डक्टर  नर्स सहितको टोलि लिएर सुनापतीमा विरामीको उपचार गर्यौ।

नेपालथोकमा नेकपा माओवादी केन्द्रले स्वास्थ्य सामाग्री लैजान अवरोध पुर्याएका थिए । सानो लफडा पछि सहमतिमा लगिएको स्वास्थ्य सामाग्रीको प्रयोगबाट ग्रसितहरु कोरोना मुक्त हुन नपाउदै पुन अन्य नागरिक कोरोना संक्रमित हुन पुगे ।

उहाँ हरुलाई पनि हामीले करिब ३/४ लाखको औषधिजन्य स्वास्थ्य सामाग्री व्यक्तिगत खर्चमा पठाइएका थियौं ।

उक्त समयमा सिन्धुपाल्चोकको एक गाउँ प्राकृतिक प्रकोपबाट मानव सम्पर्क बिहिन अबस्थामा रहेछ। खोलाको किनारमा रहेका १२ घरधुरीमा जान कतै बाट संभावना रहेनछ। त्याहाँका मानिस भोकै मर्नु पर्ने अवस्था हुँदै रहेछ।

रामेछापकै छोरो हुँ म , उद्दारको लागि हेलिकप्टर चार्टर गर्न सक्ने हैसियत मेरो नहुँदा नहुँदै पनि ती वस्तीमा भुमि मार्गबाट जाने संभावना थिएन । व्यक्तिगत खर्चबाट हेलिकप्टरमा खाद्यान्न लगाएतको सामाग्री उक्त बस्तीमा पुर्याएका थियौं । यसरी सेवा गर्दा प्राप्त हुने आनन्दले गर्दा मलाई समाजसेवी बन्न मन लाग्यो ।

राष्ट्रिय युवा संघ नेपालले कोरोना समयमा हेल्प डेस्क संचालन गर्ने निर्णय गर्यो। त्यसै अन्तर्गत काठमाडौको जडिबुटीमा अन्दाजी १४ हजारलाई युर्थ फोर्स प्रमुख पुष्प श्रेष्ठ र मैले सेनिटाईजर ,माक्स र पानी वितरण गर्यौ।

त्यसको चार पाँच दिन पछि भक्तपुरको अस्थायी वासिन्दाको नाताले कोरोना सम्बन्धि काम गर्ने निर्णय गरे।

शिवडोल परोपकार समाज दर्ता गरि जगाती प्रहरीसँग सहकार्य गरि राज्यले आफ्नो गाउँ फर्कन नागरिकलाई लकडाउन खुकुलो बनाएको बेला खाना खुवायौ।

सात दिन सम्म दिनको पाँच सय देखि सात सयलाई हामीले पकाएर खाना खुवायौ।

अमरध्वज लामा र मैले अन्दाजी १२/१५ लाख बराबरीको व्यक्तिगत सहयोग गर्यौ।करिव दुई तीन सय रामेछापका जनतालाई हस्पिटलमा व्यक्तिगत पैसामा उपचार गरेको छु।

रविन्स लामा राजनीतिमा

२०३९चौमको पार्टी सदस्यता
२०४० एरिया कमिटी सदस्य बेथान
२०५१ सचीव राष्ट्रिय खेलकुद परिषद रामेछाप एवं अध्यक्ष राष्ट्रिय जनवादी सास्कृतिक संघ रामेछाप
बेथान गाविस कमिटी उपाध्यक्ष (माले)वामदेव
वाईसीएल नेपाल भक्तपुर ४ नम्बर ईन्चार्ज
सचिवालय सदस्य ,तामाङ मुक्ति मोर्चा भक्तपुर
नेकपा काल निष्क्रिय
केन्द्रिय सदस्य राष्ट्रिय युवा संघ
सदस्य ,नेकपा एमाले रामेछाप
सचीव ,युर्थ फोर्स बिभाग राष्ट्रिय युवा संघ नेपाल (रविन्स लामासँगको कुराकानीमा आधारित )