सुरुको अबस्थामा रुकुम,रोल्पा ,सल्यान ,जाजरकोट ,गोरखाजस्ता जिल्लाबाट माओवादी गतिविधिका रिपोर्ट आउन थालेका थिए ।उनीहरु दुर्गम ठाउका प्रहरी चौकीमा आक्रमण गर्थे ।हातहतियार लुट्थे।सर्वसाधारणका घर जलाइदिन्थे।स्थानीय काङ्ग्रेस नेताहरूमाथी कुटपिट गर्थे ।बर्षदिन अघिबाटै फाट्टफुट्ट यस्ता गतिविधि हुन थालेपनि रोक्ने प्रयास भएको थिएन ।

फाट्टफुट्ट गतिविधि हुँदानै सरकार र सुरक्षा संयन्त्रले कारबाही अभियान चलाएका भए माओवादी सङ्गठन कमजोर पार्न सकिन्थ्यो । यो समस्याले ठुलो रुप लिने थिएन ।सरकार ,प्रहरी- प्रशासन ,राजनैतिक दल र देशकै निम्ति टाउको दुखाई बन्ने थिएन ।

मैले आइजिपी हुनेबित्तिकै माओवादी गतिविधि सुरु भएका जिल्लाको स्थित मुल्यांकन गर्न केन्द्रबाट टोलि पठाए ।टोलिको रिपोर्टका आधारमा सुरक्षा योजना बनाउने र आबस्यकता अनुसार सुरक्षाकर्मी परिचालन गर्ने मेरो योजना थियो ।त्यस अघिनै मैले प्रहरीमाथी आक्रमण भए “अल-आउट” जानू भनी लिखित आदेश दिइसकेको थिए।

मैले गृहमन्त्री वामदेव गौतमलाई यो रिपोर्ट गरे ,उहाँ मेरो योजनासग सहमत हुनुभएन।

माओवादीको बिषयमा पुलिस अफेन्सिव हुने ,डिफेन्सिव बस्ने हो,गौतमले भन्नुभयो ।

मन्त्रीज्यु,पुलिस चौकीमा हमला भइरहेको छ,नागरिकलाई पक्रेर हातखुट्टा भाचिएको छ,प्रजातन्त्रमा विस्वास राख्ने नेताकार्यकर्ता र सर्वसाधारणलाई माओवादीले टार्गेट गरिरहेका छ्न।मैले प्रतिवाद गर्दै भने “उनिहरुले कानुन हातमा लिएर हिडेका बेला प्रहरी कसरी डिफेन्सिव भएर मिल्ला?”

“सुरक्षा सिद्धान्त अनुसार यस्तो अबस्थामा प्रहरी अफेन्सिव भएर एक कदम अगाडि बढ्नु पर्छ”मैले भने।
त्यो गृहमन्त्री वामदेव र म बिच भएको पहिलो विवाद थियो।उहाँले मेरो तर्क अस्वीकार गर्नु भयो।
लगत्तै गृह मन्त्रालयले माओवादी गतिविधिमा प्रहरीलाई अफेन्सिव नहुनू भन्ने परिपत्र जारी गर्यो।गृह मन्त्रालयबाटै यस्तो निर्देशन आएपछि मैले थालिसकेको योजना रोक्नुपर्यो।
त्यो सुरक्षा संयन्त्रमाथी माओवादीको पहिलो जित थियो ।
त्यही परिपत्रका कारण लामो समय सुरक्षा निकाय मौन बस्दा माओवादीहरुले आफ्नो गतिविधि ह्वात्तै बढाउने मौका पाए।सङगठन विस्तार गरे।प्रहरीको हतियार लुटेर आफू बलियो हुँदै गए।
र,जनतामाथी डरको साम्राज्य फैलाउन थाले।

  • साभार:अच्युतकृष्ण खरेलको आत्मकथा पुस्तकबाट