९ असोज । मंसिरमा हुन गईरहेको प्रदेश सभा सदस्यको लागि रामेछाप एमालेले “क”बाट बागमती प्रदेश कमिटीलाई उम्मेदवारको टुंगो लगाउन ८ जनाको नाम सिफारिस गरेको थियो।

जिल्ला कमिटी रामेछापले प्रदेश कमिटी बागमतीमा  शान्तिप्रसाद पौडेल,उद्ववप्रसाद कडरिया,के. वी.पौडेल,वुद्दीबहादुर कार्की
अनिल कार्की,अर्जुनकुमार कार्की,पर्शुराम बस्नेत
कुमार कार्की मध्ये एकको नाम रामेछाप “क”को लागि छनौट गर्नको लागि सिफारिस गरेको थियो।

प्रदेश कमिटीले उक्त नामलाई काँटछाँट गर्दै तीन जनाको नाम केन्द्रिय कमिटीमा सिफारिस गरिएको स्रोतले तीनलाल खबरलाई बताएको छ।

बागमती प्रदेशबाट शान्तिप्रसाद पौडेल , उद्वव प्रसाद कडरिया र अर्जुन कार्की केन्द्रिय कमिटीमा सिफारिस भएको बुझिएको छ।

स्रोतअनुसार अघिल्ला निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारलाई प्राथमिकतामा नराखेर उम्मेदवार छनौट गर्ने नेकपा एमालेले बटम लाईन बनाईरहदा  शान्तिप्रसाद पौडेलले रेसबाट बाहिरीने संभावना बढेको स्रोतले जनाएको छ।

पौडेल निवर्तमान प्रदेश सभा सदस्य समेत हुन् ।
प्रदेश सभा सदस्य पौडेलले आफ्नो कार्यकालमा उपलब्धिमुलक काम गर्न नसकेको आरोप छ।

त्यस्तै “पब्लिक रिलेसन” मा एकदम कम्जोर मानिएका अर्जुन कार्कीलाई मैदानमा उपस्तिथि जनाउन मुस्किल पर्ने समेत स्रोतको दावी रहेको छ। आर्थिक लेनदेनमा अपारदर्शी रहेको आरोप समेत कार्कीलाई बारम्बार लाग्ने गरेको स्रोत बताउँछ ।

यसरी हेर्दा निरन्तर पार्टीमा सक्रिय रहेका उद्ववप्रसाद कडरियालाई  एमालेले आसन्न निर्वाचनमा उम्मेदवारी खडा गरेर चुनावमा होमिने अवस्था सृजना हुन सक्ने स्रोतले जनाएको छ।