९ असोज । आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले पार्टी प्रवेश अभियानलाई तीव्रता दिएको हो ।
‘पार्टी क्रस, एक लाख प्लस’ । यही अभियान अन्तर्गत पार्टी अध्यक्ष ओली देश दौडाहामा छन् ।
विभिन्न पार्टी परित्याग गरेर एक लाख एमालेमा प्रवेश गरिसकेको पार्टी स्रोतले जनाएको छ ।
एक लाख प्लसले पार्टी प्रवेश गर्ने क्रममा मधेस प्रदेशमा नै बढी बाढी आएको एमाले स्रोतको दाबी छ ।
हिजो लोसपाको संसदीय दलका सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउन धनुषा पुगेका अध्यक्ष ओलीले अरू पार्टीबाट एमाले प्रवेश गर्नेको संख्या १ लाख नाघेको दाबी गरेका थिए ।
एमालेले दावी गरेको एक लाख क्रस संख्या जिल्लागत रुपमा
१ पाँचथर २१९ ,इलाम२८००,झापा १३, धनकुटा ३४२७,खोटाङ ७५३,ओखलढुंगा ३२३
उदयपुर १५७१३,मोरङ १०९५३,सुनसरी ३०२५
सिरहा १२२१६,सर्लाही ७८१५,रौतहट १०५७०
पर्सा ३०९०,दोलखा ४२,रामेछाप ७०५,सिन्धुली ५४७,काभ्रेपलाञ्चोक २२०७,सिन्धुपाञ्चोक ८३३३,रसुवा ५४८,धादिङ ५८८,चितवन ११०१
भक्तपुर १५०,ललितपुर ३०५०,काठमाडौं ३०८
कास्की ११३५,पर्वत १११२,स्याङ्जा १२०९
म्याग्दी ९५०,बागलुङ ५३१२,नवलपुर १५३७
तनहुँ ७०७,परासी २२०३,रुपन्देही १०३५१
कपिलवस्तु ५९०७,पाल्पा १६०७,अर्घाखाँची २७५०,गुल्मी १८७१,रोल्पा २०८,प्युठान ५३६३
दाङ ५५७१,बाँके ८०१७,जुम्ला ८८१,दैलेख २२१३,डोटी ५५,बैतडी २०१६,डडेलधुरा १३०
कञ्चनपुर ३१९५,कैलाली ३०८३
प्रतिक्रिया