९ असोज । लिखुतामाकोशी गाउँपालिका धोवी रामेछापको एक क्लिनिकमा एक वालिका माथि यौनदुर्ब्यवहार भएको छ।
डिभाइन मेडिकल एण्ड हेल्थ क्लिनिकका चिकित्सकले बिरामी एक नाबालिकालाई यौनदुर्ब्यवहार गरेको बुझिएको छ ।
झट्टेश्वर उमाबिमा कक्षा १० मा अध्ययनरत एक बालिकालाइ शुक्रबार राती यौनदुर्ब्यवहार गरेको आरोप चिकित्सकलाई लागेको हो ।
विध्यालयमा झगडा हुँदा समान्य घाइते भएकी नावालिका उपचारको लागि डिभाइन मेडिकलमा भर्ना भएकि थिईन।
बिरामीलाई रातीको समयमा कार्यरत चिकित्सकले उपचार कक्षमा पटक-पटक प्राइभेट अङ्गमा छुदै यौनदुर्ब्यवहार गरेका थिए।
बालिका चिच्याउँदा बाहिर रहेका बिरामीका बुबाले थाहा पाएपछी घटना सार्बजनिक भएको हो ।
शुक्रबार भएको उक्त घटनामाबारे सनिवार बिहान स्थानीय र डाक्टरबिच छलफल भएको थियो।
प्रतिक्रिया