१० असोज ।खाँडादेवी गाउँपालिका रामेछाप, सित्खा माझी गाउँमा एक एकल महिलाको रहस्यमय तरिकाले हत्या भएको अनुमान गरिएको छ।

माझी समुदायमा प्रचलित पितृ आउने र त्यसलाई सेलाउने प्रथा हरेक बर्ष गरिन्छ ।
पितृ सेलाएपछी पनि मानिस काम्न थालेपछि आमा छोरी मात्र भएको कोठामा सात आठ जना काम्दै छिरेका थिए । उनीहरू निस्कने बित्तिकै एक महिलाको मृत्यु भएको र अर्की महिला घाईते भएकि थिईन। घाइते महिलाको उपचार भैइरहेको जिल्ला प्रहरी रामेछापले जनाएको छ।

मृत्यु भएकी महिलालाई गाउँका केही मानिसले वोक्सीको आरोप लाउदै आएको र त्यसैको आधारमा उनलाई मौका पारी हत्या गरिएको अनुमान गरिएको छ।

उक्त घटनाको अनुसन्धान भैइरहेको र अनुसन्धानको लागि केही मानिसलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ।

निमुखा एकल महिलाको हत्यालाई प्राकृति बनाउन केही स्थानीय राजनीतिक दलका नेता लागिपरेका समेत बुझिएपनि पोस्टमार्टमको रिपोर्ट आएपछि घटना अथार्थ पत्ता लाग्ने प्रहरीले जनाएको छ।