१० मंसिर । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन को लागि रामेछापमा कृयाशिल दलले आफ्ना उम्मेदवार सिफारिस गरिसकेका छन् ।
सिफारिस हुनेमा धेरै देखिएपनि दलहरुले आन्तरिक तयारीमा कस्लाई जनताको माझमा पस्कने हुन् त्यो हेर्न वाँकी नै छ।
बजारहल्ला र राजनीतिक पार्टीबाट चुईएका सुचनालाई आधार मान्ने हो भने पार्टीहरुले जनतालाई “उहीँ पुराना”अनुहार यसपालि पनि देखाउन सक्नेछन् ।
मंसिरमा हुन गईरहेको निर्वाचनमा नेकपा एमालेले प्रतिनिधि सभा सदस्यकोलागि कैलाश ढुङ्गेल र नेपाली कांग्रेस गठबन्धनले कान्छाराम तामाङ वा श्यामकुमार श्रेष्ठलाई अघि सार्ने भएको छ।
चुनाव लड्ने रहरको अप्राकृतिक ग्रन्थी बोकेका कैलाश ढुङ्गेल जित्नलाई हैन हार्न मन पराउने प्रत्यासी हुन् । उनीलाई चुनाव लड्न पाए पुग्छ।त्यसैले ९ औं प्रयास गर्दै छन् उनी। ठ्याक्कै भन्ने हो भने उनीलाई र नेकपा एमालेलाई चुनावको नतिजाले कुनै असर गर्दैन किनकि उनी नेकपा एमालेका कल्पित “बा” हुन् । उनका जायज वा नाजायज सबै कर्मकाण्ड एमालेलाई स्विकार्य छ।
तर जनता पटक पटक हेरिएका ढुङ्गेललाई निर्वाचनमा देख्न नपरोस् भन्ने चाहन्छ्न। यदी एमालेबाट यी उम्मेदवार बनेमा एमाले समर्थित हजारौं कार्यकर्तालाई उनी “खाए खा नखाए घिच” बन्न सक्छन् ।
अनगिन्ती ठेक्काहरुलाई लत्याएर जनतालाई दुख दिएको आरोप खेप्दै आएका नेपाली कांग्रेसका सभापति कान्छाराम तामाङ वा दशक भन्दा बढी रामेछापको नेतृत्व गरेका माओवादी केन्द्रका श्याम श्रेष्ठ मध्य एकलाई गठबन्धनले अघि सार्ने निस्चित जस्तै छ।
चुनाव हुनु दुई महिना पुर्व नै श्रेष्ठलाई नो भोट भनेर सामाजिक संजाल भरिएका छन् ।
यथार्थ ,
ढुङ्गेल ,तामाङ र श्रेष्ठ मध्ये रामेछापबाट एक निर्वाचित हुने पक्का छ। किनकि साङ्गठानिक रुपमा बलियो पार्टी एमाले र गठबन्धनका हुन सक्ने उम्मेदवार हुन् यी।
निरही जनताले यीनलाई स्वीकार गर्नुको विकल्प देखिदैन । एमाले र गठबन्धन रामेछापका जनतामाझ यी उम्मेदवार निर्वाचित गराउन लागि पर्ने छन् तर उनीहरूले यो हेक्का राख्नु जरुरत छ्की यस्तो अवस्था रामेछापेली जनतालाई खाए खा नखाए घिच भने जस्तै हुने देखिन्छ ।
प्रतिक्रिया