१२ असोज । यौन दुर्ववहार एक घृणित शब्द । त्यसमाथि चिकित्सकद्वारा हुनु अकल्पनीय। तर भयो यस्तै।
अझ डरलाग्दो त राजनीति दलको रोहवरमा मिलोमतो गर्नु र घटना सामसुम पार्नु ।
लिखुतामाकोसी गाउँपालिका धोवी रामेछापको एक स्कुलको नाबालिकालाई केही दिन पहिले चिकित्सकले यौन दुर्ववहार गरेको खबर एक कान दुई कान मैदान भयो।
तामाकोसी अनलाइनले यो मिलोमतो गर्दै गर्दाको भिडियो सहित समाचार प्रकाशित गरेको थियो।
भिडियोमा चिकित्सकले गल्ती स्विकार्दै घटना बाहिर नलगौ भनेको प्रष्ट सुन्न र देख्न सकिन्छ।
नाबालिका बारम्बार गलत सोचले चिकित्सकले आफू माथि दुर्ववहार गरेको भन्छिन् ।
घटनाको सुरुवात
कक्षा ९ र १० मा अध्यनरत दुई छात्रा बिच विवादबाट सुरु भएर हातपातको स्थितिमा पुग्छन् । केहिवेरको झगडा पश्चात् राती कक्षा १० मा पढ्ने छात्रा मेडिकलमा उपचार गर्न आफ्नो बुबा सहित जान्छिन।
चिकित्सकले दुर्ववहार गर्न थालेपछि नाबालिका चिच्याउदै बुबा भएको ठाउँमा पुग्छन् ।
त्यसपछिको भिडियो तामाकोसी अनलाइनले अपलोड गरेको देखिन्छ ।
पीडित नाबालिकाको आमा छैनन् । उनको बुबा नेपाली कांग्रेस निकट मानिन्छन् । आरोपित चिकित्सक आफ्नो शक्ति र पावरफुल व्यक्ति हुन् र नेपाली कांग्रेससँग उनको राम्रो उठवस रहेको बुझिएको छ।
आमाको अभाव र नेपाली कांग्रेस निकट बुबा र चिकित्सकको कारण पीडित नाबालिका चुपचाप बस्नुपर्ने अवस्था सृजना हुनु भनेको कानुनी राज्यको धज्जी उडाउने काम भएको एक स्थानीय बताउछन् ।
तीनलाल खबरले यस घटनाको बारे केहि सरोकारवाला व्यक्तिसँग गरेको कुराकानी :
जटाशंकर यादव
ईन्स्पेक्टर धोवी प्रहरी कार्यलय
तीनलाल खबर : नावालिका यौन दुर्ववहार जस्तो कु कार्यको उजुरी प्रहरीले नलिएको हो?
यादव: यस घटनाको बारे हामीले थाहा पाउने बित्तिकै हामीले पीडित नाबालिका र उनका बुबालाई सोधपुछ गरेको थियौं । उहाँहरु घटना सामान्य भएको र बाहिर आएको कुरा हल्लामात्र हो भन्नुहुन्छ । पटक पटक उहाँहरुले यो कुरा दोहोर्याएका कारण र उजुरी नपरेकोले हामीले थप अनुसन्धान गर्न सकेनौं ।
केशव महत
गाउँपालिका अध्यक्ष
लिखुतामाकोसी गापा
तीनलाल खबर : नेपाली कांग्रेसले नाबालिका यौन दुर्ववहार जस्तो जघन्य अपराध सामसुम पार्यो रे नी ?
महत : मैले सुने अनुसार नाबालिकाको झगडा हुँदा स्तनमा चोट लागेको थियो। उपचारको क्रममा टच भएको हुन सक्छ ।
नेपाली कांग्रेसले यौन दुर्ववहार जस्तो घटनालाई सामसुम पार्ने काम गर्दैन ।
तीनलाल खबर : मिलेमतोको भिडियो हेर्नू भएको छैन? भिडियोमा त प्रष्ट छ त ?
महत : मैले सुनेको कुरा भनिसके ,भिडियो हेरेको छैन । बरु मलाई भिडियो पठाईदिनुस न म हेर्छु ।
सबैको आ आफ्नो रटान रहेता पनि घटना सत्य हो भन्ने कुरा भिडियोबाट प्रष्ट हुन्छ । तर आमा विहिन एक नाबालिकामाथि भएको यौन दुर्ववहार उनको बुबा र चिकित्सक नेपाली कांग्रेस हुनुले सामसुम पार्न खोज्नु अर्को काहालिलाग्दो घटना हो।
यस्ता कुराले समाजमा स्थान पाउने हो भने भोलिको हाम्रो समाज कुन बाटोमा लम्केला ?सोचनिय बिषय बनेको छ।
प्रतिक्रिया