१४ असोज “नाम्गेल शेर्पा ” एमाले रामेछापले समानुपातिक मा सिफारिस गरेको उम्मेदवारको नाम हो।उनी सगै सिफारिस भएकी अर्की उम्मेदवार गीता कार्की हुन।
सायद एमालेका धेरै जसो कार्यकर्तालाई एमालेमा उनको उपस्थितको अत्तोपत्तो नहुन सक्छ ।
शेर्पा नत एमालेका कार्यकर्ता नत रामेछापका भिरपाखामा देखिने अनुहार हो। स्रोतका अनुसार शेर्पाले तत्कालीन माले (बामदेव) को राजनीतिमा उपस्तिथि जनाएको पाईन्छ ।
माले विघटन पछि उनी माओवादीमा अर्ध सक्रिय रहेको पाईन्छ ।
रोचक त यो छ कि शेर्पासँग नत एमालेको सदस्यता ( संगठित सदस्य ) छ नत एमाले प्रवेश गरेको रेकर्ड तर उनी एमालेको सिफारिसमा परे।
शेर्पाको संगठित सदस्य छकी छैन भन्ने बारे एमाले रामेछापको कार्यलयमा बुझ्दा कुनै रेकर्ड फेला पार्न सकिएन ।
कसरी परे शेर्पा समानुपातिक सिफारिसमा
ढुलमुले शेर्पाको स्थायी पार्टी देखीदैन। नत उनी राजनीतिक प्राणीनै हुन् । शेर्पा समाजको सक्रियता देखाउदैमा एमालेको शसक्त उम्मेदवार बन्ने हैसियत शेर्पाको नदेखिने स्रोत दावी गर्छ। नत उनी समानुपातिकको मर्म भित्र पर्ने उम्मेदवारनै हुन।
आर्थिक लेनदेनकै आधारमा सिफारिस हुन सबै सक्दैनन् तर शेर्पा पर्नुमा एक फोटो रहेको स्रोत बताउछ।
शेर्पाले एमाले अध्यक्ष केपी ओलीसँग खिचिएको फोटोलाई एमालेमा मागी खाने भाँडो बनाएको स्रोत बताउँछ । एमाले रामेछापलाई आफ्नो जीवन कुर्वान गरेका कयौं महिलालाई उछिन्दै एमालेमा भर्खर जन्मिएकी नावालिका र भ्रुणको टुङ्गो नभएको शेर्पा उम्मेदवारमा सिफारिस हुनुमा एमाले रामेछाप ईन्चार्ज कैलाश ढुङ्गेलको दवाव जिल्ला पार्टीले थाम्न नसकेर हो,स्रोतले बताएको छ।
प्रतिक्रिया