१६ असोज । मन्थली नगरपालिका गेलुमा समृद्द रामेछापकाे लागि खेलकुद अन्तर्गत “रामेछाप जिल्लाव्यापि सृजनशिल युवा खुल्ला भलिबल प्रतियोगिता ” सम्पन्न भएको छ ।
रामेछाप काठमाडौ सृजनशील समाजले  वडादशै २०७९ काे अवसरमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।

१० टिमको सहभागिता रहेको  प्रतियोगिता असोज १४ र १५ गते मन्थली नगरपालिकाको गेलुमा सम्पन्न भएको हो।

उक्त भलिबल प्रतियोगितामा  मन्थली वडा नम्बर १४ (फुलासी)ले प्रथम ,  मन्थली १२  ( गेलु)ले द्वितीय ,  मन्थली ११  ( नाटिेला )ले तृतीय  र  मन्थली १३  ( चिन्ने )ले  सान्त्वना स्थान प्राप्त गरेका छन् ।

सद्भाभाव बृद्दि गर्न, यूवाहरूमा सृजनशिलता र सामाजिकताकाे भावना अभिबृद्दि गर्न एवं  स्वस्थ र फुर्तिला यूवाहरूकाे निमार्णमा याेगदान पुर्याउने उद्देश्यका साथ महान चाड बडा दशैँ २०७९ काे उपलक्ष्यमा याे खेल आयाेजना गरेको हाे आयोजकले जनाएको छ।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, उपप्रमुख इश्वरी वस्नेत, मन्थली नपा ११का वडा अध्यक्ष  भिम थापा मगर, नगरपालिका उपसचिव हेमन्त बुढाथोकी,  जिल्ला युवा परिषद प्रमुख पुस्कर भट्टराई, पत्रकार कैलाश खत्री, सुरक्षाकर्मी  लगायतको कार्यक्रमा उपस्तिथि रहेको थियोे ।