आसन्न  मंसिर ४ मा हुन गईरहेको  प्रदेश सभाको निर्वाचनका लागि रामेछाप प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’बाट सिफारिस भएका रबिन्स लामालाई राष्ट्रिय युवा संघ नेपाल र रामेछापका युवाहरुले  निर्वाचनमा उम्मेदवार खडा गर्न जोडदार माग गरेका छन् ।

नेकपा एमाले रामेछाप जिल्ला कमिटी सदस्य एवं युथ फोर्स विभागका केन्द्रीय सचिव रबिन्स लामालाई उम्मेदवार बनाउन युवाहरूले जिल्ला पार्टीलाई  दवाव दिएका छन् ।

भक्तपुरमा आयोजित एक भेलामा राष्ट्रिय युवा संघ नेपालका नेताहरुले लामाको विकल्प नभएको बताएका हुन्  ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवं प्रशिक्षण विभाग प्रमुख कृष्णहरि केसीको प्रमुख आतिथ्यतामा आयोजित उक्त भेलामा रामेछापबाट प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’का लागि सिफारिस भएका रबिन्स लामाको पक्षमा  युवाहरू उभिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवं प्रशिक्षण विभाग प्रमुख कृष्णहरि केसीले पार्टीलाई अफ्ठ्यारो पर्दा मात्रै युवा सम्झिने सहज हुँदा अवसर भने बुढापाकाले मात्रै पाउने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

उनले देशभरबाट सिफारिस भएकामध्ये राष्ट्रिय युवा संघ नेपालमा संगठित ७० जना युवाहरु सिफारिस भएकाले उनीहरु सबैसहित रामेछापबाट सिफारिस भएका रबिन्स लामाले टिकट पाउनुपर्छ भनेर राष्ट्रिय युवा संघले आवाज उठाईरहेको बताएका छन् ।

त्यसै गरि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य विशाल लामा भन्छन् “रामेछाप प्रदेश “ख”को उम्मेदवारमा यसपटक रविन्स लामा हुनुपर्ने युवाहरूको चाहना छ।
नेतृत्वमा  भिजन ,शक्ति, जोश र जाँगर  हुनुपर्छ ।जुन कुरा रविन्स लामामा छ।

हरेक युवाको समस्य मात्र हैन ,रामेछाप जिल्ला भरको समस्या निराकरण गर्नको लागि र रामेछाप जिल्लालाई सुन्दर बनाउने हो भने यसपटक युवाले  नेतृत्व गर्ने मौका पाउनु पर्छ ।

गठबन्धनसँग लड्ने तागत युवाहरूसँग हुन्छ त्यसकारणले यसपटक रविन्स लामाको विकल्प छैन। ”

पार्टीले विना हिचकिच यसपटक रविन्स लामा लाई उम्मेदवार बनाउनु पर्ने राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य शंकर लाखेले बताएका छन् । लामालाई उम्मेदवार खडा गर्दा पार्टीले चुनावी नतिजा आफ्नो पक्षमा निकाल्न सहज हुने समेत लाखेले दावी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल रामेछापका अध्यक्ष गणेश बज्र लामाले रविन्स लामाले टिकट पाउनु पर्नेमा जोड दिएका थिए।

विकास प्रेमी, भष्ट्रचार विरोधी, समाजसेवी ,पार्टी र जनताप्रति  बफादार , ईमान्दार नेताको रुपमा चिनिने रविन्स लामालाई पार्टीले आफ्नो उम्मेदवार बनाउनु पर्नेमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष कृष्णहरी केसी ,केन्द्रिय सदस्य ओमराज श्रेष्ठ ,शंकर लाखे अमित कार्की ,विशाल लामा,रामेछाप जिल्ला ईन्चार्ज बाबुराम ग्याप,सह ईन्चार्ज सोनु रोका,राजकुमार खड्का ,प्रदेश कमिटी सदस्य राज मैनाली लगाएत रामेछापका युवाहरूले रविन्स लामालाई उम्मेदवार बनाउन पार्टीलाई दवाब सृजना गर्न जोड दिएका छन् ।