१६ कार्तिक ।छिमेकी मुलुक भारतमा मिष्टर युनिर्भसल वर्ल्ड २०२२ अक्टोबर २१ मा सप्पन्न भएको छ।

नेपालबाट प्रतिनिधित्व गरेका सफलजङ्ग शाहले मिष्टर युनिर्भसल वर्ल्ड २०२२मा  चार जित निकालेका छन् ।

प्रतियोगितामा नेपालका प्रतिस्पर्धी सफलजंग शाहले चार वटा टाइटल जितेका छन् । उनले  मिष्टर फिट्नेस, मिष्टर युनिभर्सल फष्ट रनअप २०२२ र मिष्टर युनिभर्सल नेपाल २०२२ को उपाधि शाहले हात पारेका हुन् ।

प्रतियोगितामा फिलिपिन्सका प्रतिस्पर्धीले प्रथम मिष्टर युनिभर्सल वर्ल्ड २०२२ को उपाधि हात पार्न सफल भए नेपाललाई प्रतिनिधित्व गर्दै शाहले दोस्रो स्थान लिन सफल भएका छन्। यस्तै, प्रतियोगितामा अफगानिस्तानका प्रतिपस्पर्धीले मिष्टर युनिभर्सल टिन २०२२ को उपाधि हात पारेका छन् ।

प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, फिलिपिन्स, दुवई, पाकिस्तान र बंगलादेशसहित दर्जनभन्दा बढी देशमा प्रतिस्पर्धी सहभागी भएका थिए ।                                         मिष्टर युनिभर्सल हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्चाईएको छ: सम्पादक