१९ कार्तिक । ०६२/०६३को जनआन्दोलन पश्चात् मुलुकमा राजतन्त्रको अवसान भइ गणतन्त्रको स्थापना भयो। गणतन्त्रको सफल व्यवस्थापनको लागि मुलुकमा नयाँ संविधान बनाउनेतर्फ मुलुक अगाडि बढ्यो र राजनीतिक दलहरूले संविधानसभा मार्फत नयाँ संविधान बनाउने निर्णय गरे।
देशभर नयाँ संविधान निर्माणार्थ भएको निर्वाचनमा नेकपा माओवादीले बहुमत नजीक विजय प्राप्त गर्यो । रामेछापबाट तारानायण श्रेष्ठ लाई नयाँ संविधान निर्माण गर्न जनताले विजयी गराएका थिए ।
तिनै तारानायण श्रेष्ठ यहि मंसिर ४मा हुन गईरहेको प्रदेश सभाको निर्वाचनमा सत्ताधारी गठबन्धनको तर्फबाट रामेछाप क बाट चुनावी प्रतिस्पर्धामा पुन एक पटक उत्रिएका छन् ।
सम्पुर्ण ध्यान संविधान निर्माणको लागि केन्द्रीकृत भएको समयमापनि तारानायण श्रेष्ठले संविधान सभा सदस्य हुँदा रामेछाप “क” मा के के गर्ने प्रयास गरे ?
१. नयाँ संविधान निर्माणार्थ रामेछापबाट उनको महत्त्वपूर्ण भुमिका निर्वाह
२.मन्थली धोवी गुम्देल करिडोरको सुरुवात
३.खिम्ती धोवी करिडोरको सुरुवात
४.लिखुखोला करिडोरको सुरुवात
५. कृषि ,प्रविधि,शिक्षा र खानेपानीको विकासमा नयाँ परिकल्पना
तारानारायण श्रेष्ठलाई यसपटक जनताले विस्वास गर्लान्
पछिल्लो समय नेकपा एमालेले लिएको नितिलाई जनताले ईन्कार गरिएको अवस्था छ।
एमाले अध्यक्ष खड्गप्रसाद ओलीको कपटपूर्ण खोक्रो राष्ट्रवादी निर्णयहरु जनताको नजरमा व्यवहारीक नदेखिएको स्रोत बताउछ।
यसको असर रामेछापमा पनि प्रष्ट देखिएको स्रोतको दावी छ । एमाले रामेछाप पार्टी ईन्चार्ज कैलाश ढुङ्गेलले केन्द्रिय अध्यक्ष ओलीको नक्कल गर्दै खाली वचन दिने र काम नगर्ने वानीले एमाले प्रती वितृष्णा पैदा हुँदा गठबन्धनलाई फाईदा पुग्ने स्रोत दावी गर्छ।
विगतका निर्वाचनलाई हेर्दा समेत गठवन्धनलाई निर्वाचनको परिणाम हात पार्न खासै मुस्किल नहुने देखिन्छ । पछिल्लो आम निर्वाचनमा माओवादी र एमाले को गठबन्धन हुँदा नेपाली कांग्रेस रामेछाप एक्लै भारी भएको मतान्तरमा देखिन्छ । आसन्न निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई प्राप्त हुने मतको भारी एमालेले बोक्न असहज हुने अनुमान गरिएको स्रोत बताउँछ।
स्थानीय निर्वाचनको परिणामले समेत नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले रामेछापबाट प्रतिनिधि सभाको १र प्रदेश सभाको २ सिटको निर्वाचनमा ३ सिटमै जित निकाल्न सक्ने स्रोतले बताएको छ।
प्रदेश क रामेछापमा तारानारायण श्रेष्ठका बलिया प्रतिद्वन्द्वी एमाले रामेछापबाट शान्ति प्रसाद पौडेल देखिएको स्रोत बताउँछ । पौडेलको प्रदेश सभामा यो लगातार दोस्रो पटक उम्मेदवारी हो । निवर्तमान प्रदेश सभा सदस्य रहेका पौडेलको समयावधि भित्र प्रदेश क मा विकासका सपना माथि तुषारापात भएकोले उनलाई यसपटक नकार्न सक्ने स्रोत बताउँछ ।
प्रतिक्रिया