८ मंसिर। प्रदेश सभा तर्फको निर्वाचनमा आफ्ना प्रमुख प्रतिद्वन्दी नेकपा एमालेका शान्तिप्रसाद पौडेललाई १९९१ मतान्तरले पराजित गर्दै गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ विजयी भएका छन् ।

चर्को प्रतिस्पर्धा भएको रामेछाप क मा अन्ततः श्रेष्ठले सहज तरिकाले पौडेललाई पछार्न (पराजित ) सफल भएका छन् ।

श्रेष्ठ ०६४ सालमा भएको संविधान सभा सदस्यको निर्वाचनमा समेत विजयी भएका थिए।