१७ पौष काठमाडौ। केन्द्रिय कार्यसमिति  र जिल्ला कार्यसमिति बिच उत्पन्न विवादका बीच  नेविसंघ जिल्ला कार्यसमिति रामेछापले काठमाडौमा  आयाेजना गरेको ४७औं  राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कार्यक्रम नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं काभ्रेपलान्चोकका नेता मधु आचार्यको प्रमुख आथित्यमा सम्पन्न गरेको छ।

केन्द्रिय समितिले पत्रमार्फत बिनोद बुढाथोकीलाई जिल्ला अध्यक्ष बनाएपछि नेविसंघ रामेछापमा चरम  विवाद उत्पन्न भएको हो।

कार्यक्रममा बिशिस्ट अतिथि एवं संविधान सभाका तत्कालीन सदस्य आङटावा शेर्पा ,नेका बागमती प्रदेश सदस्य जीतबहादुर मगर,कांग्रेस रामेछाप उपसभापति नबराज थोकरले कार्यक्रममा मन्तब्य राख्नुभएको थियो।

प्रमुख अथिती मधु आचार्य ले कांग्रेस ले गठबन्धन गर्नु नै घातक गल्ती भएको बताउनुभएको छ। आचार्य भन्न्नुहुन्छ”एक्लै चुनावमा होमिएको भए लगभग १०० सिटको आसपासमा जित्थ्यौ । आचार्यले गठबन्धन को नाममा संगठन कमजोर भएको दाबी समेत गर्नु भएको छ।

नेविसंघ विवाद बारे आचार्यले नेविसंघ केन्द्रीय  अध्यक्ष ले १२/१३ जिल्लामा जिल्ला अध्यक्ष काे चिठ्ठि वितरण  गरेर अलाेकतान्त्रीक ,अराजक र अबैधानिक भएको ठहर गर्दै जोडदार आपत्ति  समेत कार्यक्रममा जनाउनु भएको छ।

अबका दिनमा पनि यहि गतिबिधिले नेविसंघ अगाडि  बड्ने काेसिस गरे देशैभरि समानान्तर कमिटि आउने आचार्यले  बताउनु भएको छ। त्यस्तै आचार्यले  रामेछाप लगाएतका नेविसंघकाे विवादको विषयमा आउने कांग्रेस केन्द्रीय समितिमा महत्त्वपूर्ण छलफल हुने बताउनु भएको छ।

नेपाल विद्यार्थी संघ रामेछाप अध्यक्ष सुशील अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

सम्बन्धित समाचार
नेपाल विद्यार्थी संघ रामेछाप अध्यक्ष सुशील अधिकारी भन्नुहुन्छ :
अध्यक्ष  दुर्जाङ शेर्पाजी जय नेपाल ।
तपाईं लाई मैले प्रष्ट पार्नैपर्छ कि नेपाल विद्यार्थी संघ को अधिबेशन हुन नसकेको लामो समय भएको  तपाईंलाई अबगत हुनुपर्छ ।त्यो मेरो कारणले मात्रै नभएको होइन त्यसमा तपाईं तथा केन्द्रीय समिति पनि जिम्मेवार छ।

समयमा बिधान दिन नसक्नु,नियमावली बनाउन नसक्नु,पार्टी लाई खबरदारी गर्न नसक्नु तपाईं तथा तपाई भन्दा अगाडिका सभापति को कमजोरी हो।

जिल्लामा रहेर लामो समय काम गरेपछि जो कोहि लाई लाग्छ अधिबेशन बाट नेतृत्व हस्तान्तरण गरौं र म पनि त्यसबाट अछुतो रहन सक्दैनथी। मलाई लाग्थ्यो तपाई अध्यक्ष भएपछि बिधान दिएर अधिबेशन गर्न सहयोग गर्नुहुन्छ तर तपाई ले पनि लामो समय जिल्लाको नेतृत्व तहमा रहेर काम गर्नेलाई अबसर दिनु त कता हो कता आफू अनुकूल चिठी बाड्दै हिड्नु भयो ।

हामीलाई  एक पटक पनि सोध्ने चेस्टा गर्नु भएन। बरु तपाई ले आफ्नो मातहत भन्दा बाहिर गएर जिल्ला पार्टी लाई पत्र काटेर अध्यक्ष को नाम पठाउन लगाउनु भयो।जुन संगठनका नाममा गम्भीर त्रुटि थियो।
मैले लगभग २२ बर्ष नेपाल विद्यार्थी संघ मा काम गरे। बिगत ८ बर्स देखि नेतृत्व तहमा रहेर काम गर्दै छु तर केही अमुख व्यक्तिको स्वार्थका कारण रामेछाप जिल्लामा विवाद सिर्जना गर्न मलजल गर्ने काम गर्नुभयो त्यो गलत बाटो हो भन्ने मलाई लाग्दछ।

मैले आजीवन भनेर लिएको पद पक्कै हैन र मेरो कारणबाट मात्रै अधिबेशन रोकिएको पनि हैन ।
त्यसैले मलाई केही साथीहरू ले नेबिसंघ को अध्यक्ष पद सँग आमन्त्रित सदस्य साटेको कुरा बाहिर आएपछि प्रष्ट पार्न तपाईलाई भन्नै मन लाग्यो, ने बि संघ अध्यक्ष पार्टी को आमन्त्रित सदस्य हुन्छ, त्यो लेखेर दिएपनी नदिए पनि।

आवश्यक ठानेमा बोलाउने काम पार्टीको हो।त्यही आमन्त्रित चिठीलाई माध्यम बनाएर पार्टीमा गएको भन्ने कुरालाई म स्वीकार गर्दिन।यदि त्यसो हो भने म त्यो आमन्त्रित पदमा नरहेको जानकारी गराउदछु।
त्यसैले तपाईंले बितरण गरेको पत्रको बारेमा मेरो फरक मत रहेको र म अध्यक्षकै भुमिकामा रामेछाप जिल्लामा कार्यक्रम अगाडि बढाउने जानकारी गराउँदछु।हाम्रा अधिबेशन उन्मुख कार्यक्रम निरन्तर अगाडि बढ्ने जानकारी पनि गराउदछु।
सुशील अधिकारी नेविसंघ अध्यक्ष रामेछाप।