असार २० रामेछाप। निरन्तरको बर्षासँगै आएको पहिरोको कारण सुनापति गाउँपालिका स्थित खानीखोलाको झोलुंगे पुल पहिरोले बगाएको छ ।

सुनापति गाउँपालिका–३ हिलेदेवी र वडा न. –१ गुन्सी जोड्ने झोलुंगे पुल भत्किएको छ। पुल भत्किएपछि हिरकेटार, गुन्सि लगाएत करिब हजारौ घरधुरीका बासिन्दा बर्षातको समयमा गाउँपालिका लगायतका ठाउँमा जानबाट बञ्चित भएका छन्।

हाल झोलुंगे पुलसँगै नयाँ पक्की पुल निर्माणको काम भइरहेको छ भने, पुल निर्माण कम्पनी नेपाली कांग्रेसका नेता कान्छाराम तामाङको लापरबाहीका कारण पुल भत्किएको स्थानीय बासिन्दाले बताएका छन् ।

नेपाली कांग्रेसका नेता कान्छाराम तामाङले हिउँदमा चुप्प लागेर बस्ने र बर्षा सुरु भएपछि काम गर्ने बाहाना बनाउँदा सिंगो सुनापति गाउँपालिका बासीलाई असर पुगेको  छ ।

अविरल बर्षा भएसँगै निर्माण कम्पनीले झोलुंगे पुलको जगबाट करिब एक मिटरको दुरीमा अर्को पुलको जग खन्दा झोलुंगे पुल  भत्किएको हो। सुनापति गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम तामाङका अनुसार यसअघि गाउँपालिकाले सोही पुल नजिकै यातायात सञ्चालन गर्नको लागि अस्थायी कलर्भट बनाएको थिए तर झोलुंगे पुल पहिरोले बगाएसँगै माथिबाट आएको पहिरोका कारण अहिले आवत जावतमा समस्या पैदा भएको छ।              पिन्जु अनलाइन डटकमबाट ।