आईतवार १४ फाल्गुन।पहिरनले मानिसको व्यक्तित्व झल्काउन महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ।कतिपय मानिसको मानसिकता महङ्गो कपडा लगाउँदा आफ्नो व्यक्तित्व झल्कन्छ भन्ने भ्रम रहेको हुन्छ।

महङ्गो वा सस्तो भन्दा पनि त्यसले तपाईंको व्यक्तित्व कस्तो देखिन्छ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ। तसर्थ हामीले महङ्गो वा सस्तो भन्दा पनि शरीर सुहाउँदो परिहन लगाउनु उपयुक्त रहन्छ।

१.कालो वा गाढा रंगले शरीरलाई स्लिम देखाउछ।पार्टीमा जाँदा सकेसम्म माथि देखि तल सम्म एउटै रंगको प्रयोग गर्नु उपयुक्त देखिन्छ।

२.विवाहा वा कुनै औपचारिक कार्यक्रममा जाँदा ठूलो बुट्टा भएको पहिरहन लगाउँदा तपाईंको व्यक्तित्वलाई अझ भद्दा देखाउन सक्छ त्यसैले सामान्य सादा कपडाको प्रयोग उपयुक्त देखिन्छ ।

३.कमर पातलो देखाउन अप द टप ड्रेस लगाउनु राम्रो हुन्छ।
कतिपयले मोटो शरीर हुँदा पुरै शरीर ढाक्ने गरि कपडा लगाउने बानी हुन्छ यस्ले तपाईंको शरीरलाई झन भद्दा बनाउछ।

४.तपाईंले गाउन लगाउदै हुनुहुन्छ भने कम्मर र छातीको भागलाई फिटिङ गर्दा राम्रो देखिन्छ ।

५.जर्जेट,सिफनको सारी छनोट गर्दा राम्रो हुन्छ। आफ्नो शरीर अनुकुलताको सारी छनोट गर्नुस् ।

६.कपालको बनोट ,जुत्ता वा हिल आफ्नो शरीर अनुसार छनौट गर्नुस् ।हाई हिल स्याण्डल नलगाएर प्लेटफर्म हिल लगाउनुस।

७.हेवी गहना भन्दा घाँटीमा सामान्य गरगहना ,विवाहित हुनुहुन्छ भन्ने फिक्का सिन्दुर ,नाकमा फुली र कानमा सामान्य गरगहना प्रयोग गर्दा राम्रो देखिन्छ ।