खिम्ती प्राथमिक स्वास्थ केन्द्र चौकी यथावत रहने गरि संचालन गर्न अर्थ मन्त्रालयले स्वीकृती दिएको छ। मन्त्रालयले पाँच शैयाको अस्पताल सन्चालन गर्न बजेट विनियोजन गरे संगै बिक्रम संबत 2058 सालमा स्थापित स्वास्थ केन्द्र लिखु तामाकोसी गाउँपालिका वडा नम्बर चार नागिमा स्थान्तरण हुन बाट जोगिएको छ।
लिखु तामाकोसी गाउँपालिका वडा नम्बर” छ”मा अबस्थित खिम्ती प्राथमिक स्वास्थ केन्द्र लाई गाउँपालिकाको पुर्ण बैठकबाट नागिमा स्थान्तरण गर्न गाउँपालिकाका स्थानीय जनप्रतिनिधिमा सहमति जुटेसंगै वडा नम्बर” छ “,मन्थली नगरपालिकाको केहि वडा र गोकुलगङ्गाका जनतामा निरासा छाएको थियो ।
हरेक गाउँपालिकामा अस्पताल निर्माण गर्ने संघिय सरकारको निति अन्तर्गत नागिमा अस्पतालको सिलन्यास गरिएको थियोे । स्वास्थ्य मन्त्रालयले खिम्ती प्राथमिक स्वास्थ केन्द्रमा बजेट बिनियोजन गरेपछि उक्त कुरालाई लिएर स्थानीय राजनैतिक पार्टीहरुले धमिलो पानीमा माछा मार्न खोज्दा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर “छ “का जनता अस्पताल सर्ने हल्लाले चिन्तित भएका थिए।
खिम्ती प्राथमिक स्वास्थ केन्द्र्को बिवादलाई लिएर नेकपा एमाले जिल्ला कमिटी रामेछापका सचीव पुरुषोत्तम कडरिया भन्नुहुन्छ ” स्वास्थ केन्द्र्को बिषयलाइ लिएर गाउँपालिकामा भौगोलिक बिखण्डन आउने गरि गतिविधिहरु भए।कोहिले बुझेर भने कोहीले नबुझी त्यस्ता गतिविधिहरु गर्न अग्रसरता देखाए ।समस्याको समाधान गाउँपालिकाबाटै हुनुपर्थ्यो तर जनप्रतिनिधिहरुले त्यता ध्यान दिन सक्नु भएन। समाधानका उपायहरु खोज्न उहाँहरुले सक्नु भएन।”
“नागिका जनता र उक्त स्थानमा बन्न लागेको पन्ध्र शैयाको अस्तपतालबाट लाभान्वित हुने सेवाग्राहीहरुलाइ सेवाबाट बन्चित गराउन हुदैनथ्यो भने बिगत बीस बर्षदेखी खिम्ती प्राथमिक स्वास्थ केन्द्रबाट सेवा लिईरहेका जनताबाट पनि उनिहरुको अधिकार खोसिनु हुदैनथ्यो। जिल्ला कमिटीका नेता तथा समाजसेवी रत्न गौतमको बिशेष सहयोगमा एमाले जिल्ला कमिटीले दुबै वडाका जनता स्वास्थ सेवाबाट बन्चित हुन नपर्ने गरि समस्याको समाधान निकालेको छ । खिम्तीमा पाँच शैयाको अस्पताल संचालन हुँदै आएको छ भने नागिमा पन्ध्र शैयाको अस्पताल निर्माण हुन्छ।तीन करोड सत्तरी लाख रुपैया अर्थ मन्त्रालयले गाउँपालिकामा पठाईसकेको हुदा नागिमा पनि अस्पताल निर्माण कार्य सुरु हुने ,सचीव कडरियाले बताउनु भएको छ।
प्रतिक्रिया