फाल्गुन १४ ।बच्चालाई ज्वरो आउने बितिकै अभिभावक डराउने र आतिएर अस्पताल दौडने गरेको पाईन्छ। तर अभिभावक कुन अबस्थामा अस्पताल जाने र नजाने भनेर अनभिज्ञ हुन्छन् ।खास गरि बालबालिका र वृद्ध भाईरल ज्वरोबाट धेरै प्रभावित हुने गर्दछन्।श्वासप्रश्वास,रुखाखोकी,टाइफाइड,जन्डिस ,निमोनिया आदि विभिन्न रोगले उनीहरु सङ्क्रमित हुने गर्दछ्न।ज्वरो आउँदा केही सतर्कताका विधीहरु अपनाएर सुरक्षा प्रदान गर्न सकिन्छ।

१.घरमा अनिवार्य ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्नु पर्छ

२.बच्चालाई धेरै गुम्साएर राख्नु हुँदैन।ज्वरो धेरै छ भने पानीपट्टी लगाउनु पर्छ।

३.बच्चालाई १०२ देखि १०३ सम्म ज्वरो आयो भने पानीपट्टी लगाएर ज्वरो घटाउन सकिन्छ।यति गर्दा पनि कम भएन भने अस्पताल लग्नुपर्छ।

४.९९ सम्म ज्वरो आउँदा आत्तीनु पर्दैन।पानी पट्टीको सहयोग लिन सकिन्छ।

५.बच्चाले पानी कम पिउछ्न पानी पर्याप्त पिउन लगाउनु पर्छ।

६.पारासिटामोल ,सिरफ खान दिएर पनि ज्वरो घटाउन सकिन्छ तर घटेन भने ज्वरोको कारण पत्ता लगाउन अस्पताल लैजानु पर्छ।

७.ज्वरो सगै बच्चालाई वान्ता,पखाला लागेको छ भने जबर्जस्ति खुवाउन हुँदैन ।झोलिलो खाने कुरा र पानी पिउन दिनुपर्छ।

८.चिसो खानेकुरा र जङ्कफुड दिनुहुदैन।

९.सकेसम्म बच्चालाई घरमै बनाएको खानेकुरा खुवाउने गर्नु पर्छ।