क्लासिकल माईग्रेन
यसमा टाउको दुख्नु अगाडि औरा देखिने गर्छ।औरा देखिँदा बिरामीका आँखा धमिलो हुने ,कान कराउने ,अनुहार अनौठो गरि झम्झमाउने लगाएतका संकेत देखिने गर्छन् ।
यस्तो देखिएको १५/३० मिनेटमा टाउको दुख्न सुरु हुन्छ।
त्यो पनि टाउकोको एक भाग मात्र।जसलाई हाम्रो भाषामा पिनासको लक्षण मानिन्छ ।
सिरा हानेर टाउको दुख्ने ,उज्यालो हेर्न नसक्ने ,कुनै प्रकारको आवाजले चिडचिवाट महसुस हुने,पेन किल्लरले काम नगर्ने वा वान्ता हुन सक्छ।तर केही घण्टा दुखेपछी आफै निको हुन्छ।
तर यो समस्या केही महिनामा पुन देखा पर्छ।
यस्तै यस्तै विभिन्न प्रकारका माईग्रेन मानिसमा देखा पर्न सक्छन् र चिकित्सकले सोही अनुसार उपचार गर्छ्न । अनौठो त यो छ कि व्यक्ति अनुसार माईग्रेन फरक हुन सक्छ।त्यसैले माईग्रेनको उपचार चिकित्सकको सल्लाह अनुरुप गर्नु उचित देखिन्छ ।
माईग्रेनको उपचारका क्रममा विभिन्न कुरा विचार गर्नुपर्ने हुन्छ ।माईग्रेन कति अबधिको हो ,कति अन्तरालमा हुन्,टाउको कत्तिको दुख्छ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ।
बर्षमा दुई तीन पटक दुख्छ भने औषधि प्रयोग गर्न जरुरत रहदैन।माईग्रेनका ट्रीगरहरु पत्ता लगाएर त्यसको व्यबस्थापन गर्न सकिन्छ ।
तनाव ,निन्द्राको कमि ,पानीको कमि ,चिल्लो पिरो र जङ्कफुड लगाएयतका खाना यसका ट्रीगर हुनसक्छन् ।
मानिसलाई जुन खानाले समस्या देखिन्छन् ,त्यस्ता खानेकुरा नखाने र यि कुरा बाट बच्ने हो भने यस्ता समस्याबाट वचन सकिन्छ ।
यदी माईग्रेनले दैनिक जीवनलाईनै असर गरेको छ,कार्यलय जान नसक्ने ,स्कुल एवं कलेज छोड्नु पर्ने अवस्था आएको छ भने स्नायु चिकित्सक सग सल्लाह गरेर आबस्यक औसधि लिनु पर्ने हुन्छ।
माईग्रेनको उपचार केही महिना देखि केही बर्ष सम्म गर्नु पर्ने हुन सक्छ।
माईग्रेनको भ्रम
कतिपयलाई यो सरुवा रोग हो कि भन्ने भ्रम हुन सक्छ तर यो सरुवा रोग हैन।
टाउको दुखेको बेला जथाभावी पेनकिलर प्रयोग गर्दा साईट ईफेक्ट हुन सक्छ ,त्यसकारण चिकित्सकको सल्लाह वेगर पेनकिलर प्रयोग गर्दा ग्यासट्रीक एवं मृगौलामा समस्या देखा पर्न सक्छ।
माईग्रेनका कारण टाउको दुख्ने समस्या छ भने चिकित्सकलाई देखाउनु पर्छ।समयमै देखाउदा रोग पहिचान हुन्छ र उपचार सम्भावना रहन्छ।
माईग्रेन जस्तै देखिने तर यो भन्दा खतरनाक रोग पनि हुन सक्छन् ।जस्तै टाउकाको टिवी,टुमर र एन्युरिजम फुट्नेलगाएत समस्याले पनि टाउको दुखेको हुन सक्छ।छारे रोग पनि यसको कारण हुन सक्छ।
आँखा रातो हुने ,उज्यालो हेर्न नसक्ने,गर्दन झुकाउदा दुख्ने ,केही समय वेहोस हुने,मुख बाङ्गीने वा शरीरका कुनै अङ्ग कमजोर हुने लक्षण माईग्रेनमा देखिन सक्छ।
एन्युरिजम दोहोरिदा मानिसको ज्याननै जाने खतरा हुन सक्छ।यसैले समयै चिकित्सकको सल्लाह लिनु उपयुुक्त हुन्छ।
यदि ब्रेन ट्युमरका कारण टाउको दुखेको हो भने बिहान उठेदेखिनै टाउको दुख्न सक्छ वान्तापनि हुन्छ।
यसलाई चिकित्सक भाषामा अर्लि मर्निङ हेडेक एन्ड भोमिटिङ भनिन्छ । तर टेन्सन टाईप हेडेकमा भोमिटिङ भने हुदैन।
प्रतिक्रिया