जेष्ठ ०९ काठमाडौ । रामेछाप सुनापतिका शंकर लाखे नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको केन्द्रिय कमिटीमा मनोनीत भएका छन् ।

तत्कालीन नेकपा बिभाजन पछि लाखे नेकपा एमालेमा केहि समय लागेका थिए । लाखे पछिल्लो केन्द्रिय निर्वाचन पछि पुन आफ्नो पुरानो घर फर्केका थिए।

माओवादी केन्द्रको केन्द्रिय कार्यलय पेरिस डाँडामा बसेको योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको केन्द्रिय बैठकबाट लाखे मनोनीत भएका हुन् ।

तत्कालीन जनयुद्धमा एक कुशल योद्धा भएर काम गरेको लाखेमा नेकपा माओवादीबाट  दर्जन भन्दा बढी  जनयुद्धमा सहभागी भएर गणतन्त्र ल्याउन र पार्टीमा योगदान पुर्याएका छन् ।