दिलमाया शाही,जुम्ला
हिमा गाउँपालिका – ६ खलढुंगागाउका नागरिकलाई कोरोनाको महामारी भन्दा पनि पहिरोको त्रास बढी छ । पानी पर्ने बितिकै गाउँको माथीबाट पहिरो झर्न सुरु गर्छ । अरुगाउँका नागरिक पानी परेको छ, भन्दै घर भित्र पस्छन । तर खलढुंगा गाउँका नागरिक पानी पर्नथाले पछि कसको घरमा गएर बास बस्ने भन्ने चिन्ताले सताउने गरेको स्थानिय कृष्ण कुमारी खत्री (अधिकारी)ले बताइन । उनले भन्छिन”कहिले दिनमा घामलागेको हुन्छ राती पानी गरेको पत्तै हुदैन , सबै घरपरिवार निद्रामा मस्त भएको बेला घरको छानामा ढुंगाखसेको चालपाएपछि रातीनै बालबच्चा बोकेर छिमेकीका घरमा जन्छौ । हाम्रो पीडा कसले सुन्दैन ।”
बाढि पहिरोको जोखिमका कारण बस्ती स्थानान्तर गर्ने निर्णय गाउँपालिका कार्यपालिकाले आर्थिक वर्ष ०७६/०७७ मा पालिका स्तरीय निर्णय गरेको छ । उक्त गाउँमा बाढी पहिरोको जोखिम अध्ययन गरी बस्ती नै स्थानान्तर गर्नका लागि गाउँ कार्यपालिकाको निर्णय र आवश्यक बजेटसहित सघन सहरी विकास तथा भवन निर्माण कार्यालय जुम्लामा निवेदन समेत दिएको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताएका छन । उनले भने, ‘ एक वर्षअघि नै त्यो जोखिम बस्ती सार्न निर्णय भएको हो । गाउँकार्यपालिकाले निर्णय गरेर त्यो बस्ती स्थानान्तरण गर्न सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लालाई परिपत्र गरेको थियौ । आर्थिक बर्ष ०७६/०७७ मा जोखिम बस्ती खलढुंगा स्तानान्तरका लागि भएको निवेदन आर्थिक बर्ष ०७७/०७८ मा सुनुवाई भएन । अध्यक्ष शाहीले थपे आगामी आर्थिक ०७८/०७९ सालको पनि बजेट विनियोजन भयो तर त्यो बस्ती स्थानान्तरका लागि बजेट विनियोजना भएन ।
असार पहिलो साताको लगातार परेको बर्षाले हिमा गाउँपालिका वडा नम्बर ६ खलढुंगा र दलित बस्तीमा पहिरोको जोखिम बढेपछि १६ घरधुरीका १ सय १७ जना घरपरिवार विस्थापित भएका छन । बस्तीको चारैतिर पहिरो जाँदा गाउँ नै जोखिममा परेपछि उनीहरु विस्थापित भएका हुन । ‘लामो समयसम्म वर्षा हुँदा गाउँ नै जोखिममा पर्यो ।’अहिले केही बर्षा कम भएपनि स्थानीय भत्केकै घरमा पुनर्थापित भएका छन् । साउन भदौँको बर्षा हुन अझै बाँकी छ । साउन भदौँको बर्षाले कस्तो विपत्ति निम्त्याउने हो ।
सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सव–इन्जिनियर चन्द्र खड्काका अनुसार उक्त जोखिम बस्ती स्थानान्तरण गर्न केन्द्रमा कार्यक्रम बनाएर पठाए पनि चालू वर्षमा स्वीकृत नभएको बताए । उनले आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि बजेट विनियोजन भएपनि त्यो कार्यक्रम बजेटमा परेको छैन । यस विषयमा सबै क्षेत्र तथा निकायबाट पहल हुनुपर्ने उनको भनाई छ ।
हिमा गाउँपालिकाले बस्ती स्थानान्तरण गर्न १२ करोड रुपैयाँ बजेट आयोजना स्टमेट तथा कार्यक्रम बनाएर पठाएको छ । एउटा घरको ५ लाख रुपैयाँका दरले बजेट बनाएको छ । बस्ती स्थानान्तरण सहित विद्यालय, पानी सडक, सबै आवश्यक पूर्वाधारको कार्यक्रम बनाएको हिमा गाउँपालिकाले जनाएको छ ।
२७ असार २०७८, आईतवार १३:५५
प्रतिक्रिया