गैर आवासीय नेपाली संघ (NCC)मकाउको सन 2021-2023को लागि हुन गइरहेको आसन्न निर्वाचनमा अध्यक्ष पदको लागि राजेस प्रसाईंले आफ्नो उम्मेदवारी दिने भएका छ्न । समाजिक संजालमार्फत उनले मकाउमा रहेका गैराआवासीय नेपालीहरुसंग आसन्न निर्वाचनमा आफुलाई अध्यक्ष पदमा निर्वाचित गर्नको लागि आफ्नो अमुल्य मत दिई सहयोग गर्न अनुरोध गरेका छन।
सन 2012 मा मकाउमा प्रवेश गरेका प्रसाईंले छोटो समयमै मकाउवासी नेपालीको मन जित्न सकेका थिए।जसकारणले सन2013 देखी 2015मा गैरआवासीय नेपाली संघ (NCC) को महासचिवमा निर्वाचित भए।स्नातकोत्तर(MA) सम्मको अध्ययन गरेका प्रसाईंले विभिन्न सामाजिक संस्थाहरुमा काम गरेको अनुभव बटुलेका कारण र आपसी सहयोग र सद्भावमा खुल्ला छाती भएकाले उनी पुनः सन 2015-2017का लागी उपाध्यक्षमा निर्वाचित भएका थिए।
आपसी सहयोग र सदभाव मार्फत नेपालीहरुमा आइपर्ने समस्या र व्यबधानहरुको सजिलोसँग निराकरण गर्न सकिने बताउने राजेस प्रसाईंले गैर आवासीय नेपालीहरुमाझ आफ्नो एघार बुद्दे प्रतिबद्धता पत्र समेत प्रस्तुत गरेका छ्न।
प्रतिक्रिया