काठमाडौं, असार २८ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल औपचारिक रूपमै विपक्षी गठबन्धनबाट बाहिरिनुभएको छ । नेपालले सर्वोच्च अदालतको फैसलासँगै आफ्नो समूह आजैबाट विपक्षी गठबन्धनबाट अलग हुने जानकारी गराउनुभएको हो । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । लगत्तै विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको बैठकमा नेता नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गर्नुभएको हो । यता सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकै दिन माधव नेपाल समूह अलग भएसँगै विपक्षी गठबन्धन संसदमा अल्पमतमा देखिएको छ ।
बैठकमा एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको भन्दै गठबन्धनमा नबस्ने बताउनुभएको हो । पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘पार्टी एकताका लागि एक खालको सहमति भएको छ । अब त्यसलाई उहाँहरुले कुन ढंगले लागू गर्न हुन्छ भन्ने हेर्नुपर्छ ।’
२९ असार २०७८, मंगलवार १७:१९
प्रतिक्रिया