सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट मृत्यु भएका १३२ परिवारलाई एक लाखको दरले राहत दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रति परिवार १ लाखका दरले राहत दिएको हो । कर्णाली प्रदेशमा कोरोना कहरको समयमा ३४२ जनाको कोरोनका कारणले मृत्यु भएको र पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । जस अन्तर्गत पहिलो चरणमा सुर्खेत, दैलेख, सल्यान र कालिकोटका गरि १३२ जनालाई राहत उपलब्ध गराएको र अन्यलाई पनि केहि दिनमा नै रकम वितरण गर्ने प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री सीताकुमारी नेपालीले बताइन। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले नै कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत स्वरुप एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको थियो । उनले भनिन “आज सम्म सम्म ३ सय ४२ जनाका परिवारले क्षतिपुर्तीको माग सहित प्रदेश सरकारलाई निवेदन पेश गरेका छन् । पिसिआर परिक्षणबाट कोरोना पुष्टी भएको पत्र, हकवालाको नाता प्रमाणीत, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी, रकम दावीकर्ताको नागरिकताको प्रतिलिपिको आधारमा मन्त्रालयले राहत रकम उलब्ध गराउने आन्तरिक मामिला तथा कानुन मनत्रालयले जनाएको छ । कोरोना पुष्टी भएकामध्ये भारत तथा देशका अन्य प्रदेशमा मृत्यु भएका कर्णालीबासीलाई पनि प्रदेश सरकारले राहत उपलब्ध गराउने आन्तरिक मामिला तथा कानुन मन्त्री नेपाली बताइन् ।
३० असार २०७८, बुधबार १२:०५
प्रतिक्रिया