काठमाडौँ, ३० असार । नेकपा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको पुत्ला जलाएको छ । पुत्ला जलाउने क्रममा युवा विद्यार्थीले नेता नेपाल नेपाली कम्युनिष्ट आन्दोलनको गद्धार भएको घोषणा गरेका छन् ।
दुई संगठनको संयुक्त आयोजनामा पूर्वप्रधानमन्त्री नेपालको नीजि निवास छेउ कोटेश्वरमा पुत्ला जलाएको हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई वालुवाटारबाट नीजि निवास बालकोट पुर्याएर फर्किएको युवा विद्यार्थीको संयुक्त टोलीले नेपालको पुत्ला जलाएको हो । आफ्नो पार्टीमा आगो लगाएर कांग्रेस, माओवादीसहितको गठबन्धनलाई समर्थन गरी सरकार ढालेको भन्दै आक्रोसित युवा विद्यार्थीले पुत्ला जलाएका हुन् ।
माधव नेपालको समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सर्वोच्चमा मुद्धा लगाई कांग्रेस माओवादीसहितको नेतृत्वमा २३ जना एमालेका सांसदहरुको हस्ताक्षर रहेको छ । माधव पक्षका २३ जनाको हस्ताक्षरकै कारण सर्वोच्चले परमाधेष जारी गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमाधेष जारी गरेको थियो ।
पुत्ला जलाउँदै युवा विद्यार्थीले अबका दिनमा एमालेमा माधव नेपालको कुनै पनि स्थान नरहेको उल्लेख गर्दै युवा संघका उपमहासचिव रामजी सापकोटाले देशभर पुत्ला जलाउने घोषणा गर्नुभयो । आजदेखी देशभर पुत्ला जलाउँदै एमालेमा प्रवेश निषेध गर्ने घोषणा गर्दै उपमहासचिव सापकोटाले माधव नेपाल नेपाली कम्युनिष्ट आन्दोलनका गद्धार भएको उल्लेख गर्नुभयो ।
दुवै संगठनका कार्यकर्ताले माधव नेपाल मुर्दावाद, माधव चोर देश छोड, नेपाली कम्युनिष्ट आन्दोलनका गद्धार माधव नेपाल, माधव तेरो पाराले दुःख पाए साराले, आर्यघाटले के भन्छ, माधव नेपाल ले भन्छ जस्ता नाराहरु लगाएका थिए ।
प्रतिक्रिया