बिस्वका चिकित्सकहरु “मेडिसियन डु मोन्डे”(Medicins du monde”)ले “zero-waste” कार्यक्रम प्रबर्द्धन र पेशागत स्वास्थ सुरक्षाको लागि “anitial assesment” कार्यक्रममा मनसुन सानाकिसान कृषि सहकारी संस्था लिमिटेड मार्फत लिखु तामाकोशी गाउँपालिका-६र ७ खिम्तीका किसानहरु सहभागी भएर छलफल गरेका छ्न।काभ्रे,सिन्धुपाल्चोक ,दोलखा र रामेछाप जिल्लामा मेडिसियन डु मोन्डेले आफ्नो “anitial assesment”कार्यक्रम गर्दै आएको छ।

रसायनको प्रयोग ,अर्गानिक खेतिमा किसानले गरेको बिश्वास ,अर्गानिक खाना खाने इच्छा र उत्पादन लगाएतका बिषयमा मेडिसियन डु मोन्डेले आफ्नो असेस्मेन्ट गर्दै आएको नेपाल कृषि सहकारी केन्द्रिय संघका कार्यक्रम अधिकृत बिधान न्यौपानेले बताएका छ्न।
उक्त कार्यक्रममा मेडिसिन डु मोन्डेका चिकित्सक गुल्लिउम(gulliuma),कृषि सहकारी केन्द्रिय संघकी उप महाप्रबन्धक मिना पोख्रेल,ट्री एङ्गल कन्ट्री म्यानेजर निलेश नकर्मी लिखुतामाकोशी गाउँपालिकी उपाध्यक्ष दिपशिखा दहाल, वडा “छ”का अध्यक्ष शिवप्रसाद न्यौपाने ,संस्थाका अध्यक्ष भोजराज कडरिया , सस्थापक अध्यक्ष तथा खिम्तीका समाजसेवी मुकुन्दप्रसाद कडरिया,सस्थाका उपाध्यक्ष गोपाल शिवाकोटी ,अगुवा किसान भक्तबहादुर खड्का नेपाल छलफल कार्यक्रममा सहभागी भएका थिए।

संस्थाका अध्यक्ष भोजराज कडरियाले कार्यक्रममा बोल्दै किसानहरुले झेल्नुपरेका समस्याहरू ,संस्थाको कठिनाइ ,सानाकिसान कृषि सहकारी सस्थाले गरेका कामकारबाही र सहकारीले आगामी दिनमा किसानहरु संग गरिने सहकार्यको बारेमा धारण राख्नु भएको थियो।
आफ्ना पुर्खा अर्गानिक खानपिनबाट स्वस्थ रहेको स्मरण गर्दै आफुलेपनि नयाँ पुस्तालाई अर्गानिक खानपिनमा आकर्षण बढाउने हेतुले यस संस्थाको स्थापना गरिएको अध्यक्ष कडरियाले छलफलका क्रममा बताउनु भयो।            उक्त कार्यक्रममा विदेशी- स्वदेशी अतिथिहरुले अध्यक्ष कडरिया र कृषकहरु समक्ष अर्गानिक खेती र कृषिमा सम्बन्धित भएर विभिन्न प्रश्न गर्दै किसानको अर्गानिक खेती , खानपिन ,उत्पादित बस्तुको बजारीकरण र उपयुक्त शीत भान्डारण सम्बन्धमा जिज्ञासा राखेका थिए।