काठमाडौं- जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ। शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलले पराजित गरेको हो।

अर्जेन्टिनाका लागि मेस्सीको पासमा खेलको १३ औं मिनेटमा गुइडो रोड्रिगेजले गरेको गोल नै निर्णायक बन्यो । यसअघि भएको पहिलो खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

दुई खेल खेलेको अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ। उसले २ खेलबाट चार अंक बटुलेको छ भने दोस्रो स्थानमा समान अंकसहित चिली रहेको छ।