गैर आवासीय नेपाली संघ (NCC)मकाउको सन 2021-2023को लागि हुन गइरहेको आसन्न निर्वाचनको निर्वाचन कमिटी विवादित बनेको छ।बर्तमान अध्यक्ष पुर्ण गुरुङले पुर्व अध्यक्ष सुदर्शन थापा मगरलाई निर्वाचन कमिटीको अध्यक्ष बनाए पछि मकाउका गैर आवासीय नेपालीहरुले चरम असन्तुष्टि जनाएका छन।अध्यक्ष पुर्ण गुरुङले( 15 ) पन्ध्र जना पदाधिकारी रहेको संघमा जम्मा (3) तीन जनाको सहमतिमा निर्वाचन कमिटी घोषणा गरेका थिए र सुदर्शन थापा मगरलाई अध्यक्ष तोकेका थिए। अध्यक्ष पुर्ण गुरुङले अन्य पदाधिकारीहरुको असहमति हुँदा हुँदै पनि थापा मगरलाई अध्यक्ष तोकेका छन।

नेपाल आर्मीका भगौडा सुदर्शन थापा मगरको मकाउमा राम्रो भन्दा नराम्रो छाप बढी छाएको छ।उनले नेपालीहरुको साथ सहयोग गर्ने भन्दा उल्टो नेपालीहरुलाई दुख दिने काम गर्ने मकाउका गैर आवासीय नेपालीहरु बताउछ्न ।एक नेपाली भन्छ्न”सुदर्शन थापा मगरले भनेको मानेन भने काम गर्ने कम्पनीमा फोन गरेर,इमेल गरेर झुट्टा आरोप,लान्छना लाउने र धम्की समेत दिन पछि पर्दैनन् ।अहिले आफ्ना विपक्षी उम्मेदवारलाई उनले यस्तै गरिरहेका छन।नेपालमा महाभुकम्पले तहसनहस बनाउदा समेत मगरको ठगी रोकिएन,उनले चिनियाँहरुसङ्ग लाखौ पैसा उठाए र नेपालमा केही रकम मात्र पठाइएका थिए। ”

सदैव छलकपट र जालसाची गर्न मायुर सुदर्शन थापा मगरले आसन्न निर्वाचनमा आफ्नो बुहारी निर्मला राणालाई गैर आवासीय संघको नियम मिचेर अध्यक्षको उम्मेदवार बनाएका छन ।नेपालमा ठगी र मानव बेचबिखन तथा ओसारपसारको मुद्दा खेपिरहेका सुदर्शन थापा मगरले पुन मकाउमा समेत कानुनको धज्जी उडाउन लागी परेका छन। सुदर्शन थापामगरले सन्जु थापा मगरलाई ठगी गरेको सम्बन्धमा मानव बेचबिखन तथा ओसारपसारको मुद्दा नेपालमा खेपिरहेका छ्न।

उनले आफ्नी बुहारी निर्मला राणा सन 2013 मा मकाउ आएको झुट्टो प्रचार गरि बुहारीलाई महिलातर्फबाट संयोजक बनाउन समेत भ्याएका थिए।मकाउ प्रवेश गरेको 182 दिन पुगेपछि मात्र संघको सदस्यता पाउने नियम हुदाहुदै नियमको ठाडो उल्लङ्घन गर्दै बुहारी निर्मलालाई महिलाबाट संयोजक बनाएका थिए जबकी निर्मला राणा सन 2013 मा मकाउ प्रवेश गरेको कुनैपनि आधिकारिक रेकर्ड पाइएको छैन। बिवादित निर्वाचन कमिटी रद्द गर्न गैर आवासीय नेपाली संघ मकाउका 9 जना पदाधिकारीहरुले लिखित निवेदन संघमा दिईसकेका छन।